अपडेट 
दुर्गा प्रसाईंको आन्दोलनमा ३८ जना घाइते, अधिकांश बाराका महिला | छिपहरमाईकाे खाता संचालन नहुँदा आर्थिक कामकाज प्रभावित | पर्साका स्थानीय तह झोले संस्थाहरुको कब्जामा, कमिसनको भरमा पालिकाहरूको करोडौँ बजेट लुट्दै। | महोत्तरी : असई बच्चा यादवले पेस्तोल चलाउँदा प्रहरी जवान घाइते | वडा सचिवको काम :-श्रीमान् जीवित हुँदै मृत्यु दर्ताको नक्कली प्रमाणपत्र बनाएर ४५ हजार झ्वाम | छिपहरमाई गाउँपालिकामा निमित प्रमुख प्रशासकिय अधिकृत बनाउने याेजना विफल | छिपहरमाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत ठाकुर हाजिर | महोत्तरी प्रहरीको हिरासतमा थुनुवाहरुकाे लागि पुस्तकालय स्थापना | घुमुवा प्रहरीसम्बन्धी कानुन बनाउन सर्वाेच्चद्वारा ध्यानाकर्षण | नेपाल प्रहरीका एसपी नै १२ दिनदेखि थुनामा, यस्तो छ कारण |
२०८० कार्तिक १६, बिहीबार १३:१७ बजे

सरकारले सहसचिवद्वय राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गरेको छ । बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्राविधिकतर्फ विश्वबाबु पुडासैनी र प्रशासनतर्फ सहसचिव राधिका अर्याललाई बढूवा गर्न निर्णय गरेको हो ।निजामती सेवाका सचिवहरु डा. दामोदर रेग्मी र अर्जुनजंग थापा उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि अर्याल र पुडासैनी सचिव बनेका हुन् ।अर्याल सहसचिव भएको दश बर्षभन्दा बढी समयसम्म एसइडिपी (सिनियर एक्जुकेटिभ डेभलप प्रोग्राम) तालिममा नलिएका कारण सहसचिवमै खुम्चिएर बसिरहेकी थिइन ।

सचिव बढुवा सिफारिस समितिले प्रशासनतर्फ रिक्त एक सचिव पदमा बढूवाका लागि सहसचिवत्रय राधिका अर्याल, चूडामणि पौडेल र डा हरिप्रसाद लम्सालको नाम सिफारिस गरेको थियो ।प्रशासनतर्फबाट सचिव बनेकी अर्याल हाल लुम्बिनीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी कामु प्रमुख सचिव छिन् ।

१२ दिनका लागि सचिव बनेका अर्जुनजंग थापा उमेर हद लागेर घर गएसँगै रिक्त हुने पुगेको प्राविधिकतर्फका सचिवका लागि विश्वबाबु पुडासैनी एकल सिफारिस भएका थिए । वरिष्ठताका आधारमा चार पटक सिफरिसमा परे पनि सचिवमा बढुवा नभएका पुडासैनीको नाम पाँचौं पटक भने एकल रुपमा सिफरिस भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय