
शुद्धोधन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवाली कार्यकक्षमै कुटिएका छन् । उनलाई पालिकाको उपाध्यक्षले कार्यकक्षमै हातपात गरेका हुन । घटना आज अपरान्हको हो । गाडीको बिषयलाई लिएर उपाध्यक्ष उपाध्यक्ष होमप्रकाश चौधरी (कुर्मी)ले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीलाई कुटपिट गरेको बताइएको छ ।
उपाध्यक्षबाट प्रमुख प्रशासकीय अधिकृत कुटपिट हुँदा ज्ञवालीको कार्यकक्षमा रहेको टेबल र नेम प्लेट फुटेको जनाइएको छ ।उपाध्यक्ष कुर्मीले कार्यलयमा रहेको सीसीक्यामरा अफ गरेर प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको कार्यकक्षमा प्रवेश गरेको र टाउको दुई मुक्का प्रहार गरेको बताइएको छ ।
घटनापछि पालिका अध्यक्ष कमलेशशरण चौधरीले प्रमुख जिल्ला अधिकारीलाई पत्र लेख्दै उपाध्यक्षलाई पक्राउ गरी कारवाही गर्न माग गरेका छन् । उनलाई कारवाही नगरेसम्म गाउँपालिका र वडा कार्यालयको सबै काम ठप्प पार्ने निर्णय पनि गरेका छन् ।
त्यस्तै अध्यक्ष चौधरी र अधिकृत ज्ञवाली लगायतका कर्मचारीले प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य भेटेर ज्ञापनपत्र दिई कडा कारवाहीको माग गरेका छन् । ईकर्मचारी डटकमबाट