अपडेट 
मधेश प्रदेशबाट मौलायो हुण्डी कारोबार, स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय पक्राउ | दुर्गा प्रसाईंको आन्दोलनमा ३८ जना घाइते, अधिकांश बाराका महिला | छिपहरमाईकाे खाता संचालन नहुँदा आर्थिक कामकाज प्रभावित | पर्साका स्थानीय तह झोले संस्थाहरुको कब्जामा, कमिसनको भरमा पालिकाहरूको करोडौँ बजेट लुट्दै। | महोत्तरी : असई बच्चा यादवले पेस्तोल चलाउँदा प्रहरी जवान घाइते | वडा सचिवको काम :-श्रीमान् जीवित हुँदै मृत्यु दर्ताको नक्कली प्रमाणपत्र बनाएर ४५ हजार झ्वाम | छिपहरमाई गाउँपालिकामा निमित प्रमुख प्रशासकिय अधिकृत बनाउने याेजना विफल | छिपहरमाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत ठाकुर हाजिर | महोत्तरी प्रहरीको हिरासतमा थुनुवाहरुकाे लागि पुस्तकालय स्थापना | घुमुवा प्रहरीसम्बन्धी कानुन बनाउन सर्वाेच्चद्वारा ध्यानाकर्षण |
२०८० कार्तिक १९, आईतवार ०९:२६ बजे

स्थानीय तह भ्रष्टाचारको ‘अखडा’ बनेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्यांक अनुसार २८ हजार ६७ वटा उजुरी मध्य १३ हजार १ सय ४२ अथार्त ५१.४२ प्रतिशत स्थानीय तहमा भ्रष्टाचारसम्बन्धी उजुरी परेको अख्तियारले जनाएको हो । आयोगको तथ्यांकानुसार त्यसमा पनि सबैभन्दा धेरै मधेस प्रदेशका उजुरी पर्ने गरेको अख्तियारले जनाएको छ।

मधेस प्रदेशको स्थानी तहमा ३ हजार ७ सय ३७, लम्विनी प्रदेशमा १ हजार ८ सय ४८, बाग्मती प्रदेशमा १ हजार ७ सय ७७, कोशी प्रदेशमा १ हजार ६ सय ३०, कर्णली प्रदेशमा १ हजार ५ सय ८७, सुदूरपश्चिम प्रदेशमा १ हजार ४ सय ७२ र डण्डकी प्रदेशमा १ हजार ९२ उजुरी परेको अख्तियारले जनाएको छ ।

अख्तियार प्रमुख आयुक्त प्रेमकुमार राई स्थानीय तह भ्रष्टाचारको अखडा बन्दै गएको बताउँछन् । समिति बैठकमा उनले उपभोक्ता समितिलाई क्षमताभन्दा बढी काम दिँदा भ्रष्टाचार बढेको जिकिर गरे । “उपभोक्ता समिति गठन गरेर बजेट खर्च गरिन्छ, स्थानीय तहमा । उपभोक्ता समितिसँग न क्षमता छ, तर पनि रोड पिच गर्ने, पुल बनाउने, भवन निर्माण गर्ने काम दिइन्छ । त्यो उसको क्षमतामा पर्दैन,” उनले भने, “उपभोक्ता समितिले सम्झौता गरेर ठकेदारलाई दिने गर्छन् । अर्थात्, उपभोक्ता समिति दलाल भएका छन् । यसले अनियमितता बढाएको छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय