अपडेट 
मधेश प्रदेशबाट मौलायो हुण्डी कारोबार, स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय पक्राउ | दुर्गा प्रसाईंको आन्दोलनमा ३८ जना घाइते, अधिकांश बाराका महिला | छिपहरमाईकाे खाता संचालन नहुँदा आर्थिक कामकाज प्रभावित | पर्साका स्थानीय तह झोले संस्थाहरुको कब्जामा, कमिसनको भरमा पालिकाहरूको करोडौँ बजेट लुट्दै। | महोत्तरी : असई बच्चा यादवले पेस्तोल चलाउँदा प्रहरी जवान घाइते | वडा सचिवको काम :-श्रीमान् जीवित हुँदै मृत्यु दर्ताको नक्कली प्रमाणपत्र बनाएर ४५ हजार झ्वाम | छिपहरमाई गाउँपालिकामा निमित प्रमुख प्रशासकिय अधिकृत बनाउने याेजना विफल | छिपहरमाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत ठाकुर हाजिर | महोत्तरी प्रहरीको हिरासतमा थुनुवाहरुकाे लागि पुस्तकालय स्थापना | घुमुवा प्रहरीसम्बन्धी कानुन बनाउन सर्वाेच्चद्वारा ध्यानाकर्षण |
२०८० कार्तिक १९, आईतवार ०९:४७ बजे

सिरहा । सिरहामा एक महिलालाई बोक्सीको आारेपमा निर्घात कुटपिट गरी उनको श्रीमानको हातको हड्डी भाँचिदिएको छ ।

सिरहाको बिष्णुपुर नगरपालिका वडा नम्बर ४ बेल्हामा शनिबार राती स्थानीय कुमैर पासवानलाई बोक्सी भन्दै कुटपिट गरेका छ्न । कुमैर देबि पासवानलाई अगहनिया देबि पासवानले बोक्सीको आरोप लगाउदै स परिवार मिलेर कुटपिट गर्दा उनको श्रीमानको हातको हड्डी भाँचिएको हो ।

अगहनियाका छोरा दिपेश पासवान र श्रीमान लालु पासवानले पीडित रामनाथ पासवान लगायत उनको परिवारलाई घर पसि कुटपिट गरेको बयान अस्पतालमा कुमैरले दिएकी हुन् ।

रातिको अन्दाजी रातिको ८ः३० बजेको समयमा लालु पासवान र उनका छोरा दिपेश पासवानले रामनाथ पासवान  र उनको परिवारलाई कुटपिट गरेको हो । कुटपिट गर्ने क्रममा घाइते रामनाथ पासवानलाई हातको हड्डी भाँचिदिएको छ ।

घाइते रामनाथ पासवानको उपचार अहिले जिल्ला अस्पताल सिरहामा भैरहेको छ । जिल्ला अस्पतालमा कार्यरत चिकित्सकका अनुसार स्टील लगाउने पर्ने बताएका हुन ।

“हामी गरिब छौँ , तरकारी बेचेर जिबिका चलाउछौँ, कसरी उपचार गर्ने , हामिलाई पटकपटक कुटपिट गर्छन् प्रहरी पनि उनिहरु कै साथ र सहयोग गर्ने गरेको छ ।”– पीडित कुमैर देवीले बताईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय