अपडेट 
मधेश प्रदेशबाट मौलायो हुण्डी कारोबार, स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय पक्राउ | दुर्गा प्रसाईंको आन्दोलनमा ३८ जना घाइते, अधिकांश बाराका महिला | छिपहरमाईकाे खाता संचालन नहुँदा आर्थिक कामकाज प्रभावित | पर्साका स्थानीय तह झोले संस्थाहरुको कब्जामा, कमिसनको भरमा पालिकाहरूको करोडौँ बजेट लुट्दै। | महोत्तरी : असई बच्चा यादवले पेस्तोल चलाउँदा प्रहरी जवान घाइते | वडा सचिवको काम :-श्रीमान् जीवित हुँदै मृत्यु दर्ताको नक्कली प्रमाणपत्र बनाएर ४५ हजार झ्वाम | छिपहरमाई गाउँपालिकामा निमित प्रमुख प्रशासकिय अधिकृत बनाउने याेजना विफल | छिपहरमाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत ठाकुर हाजिर | महोत्तरी प्रहरीको हिरासतमा थुनुवाहरुकाे लागि पुस्तकालय स्थापना | घुमुवा प्रहरीसम्बन्धी कानुन बनाउन सर्वाेच्चद्वारा ध्यानाकर्षण |
२०८० मंसिर ४, सोमबार ०९:५० बजे

वीरगंज । पुलदेखि विभिन्न ठेक्का लिएर समयमा काम नसक्ने र गुणस्तरहीन निर्माण गरेपछि कारबाहीमा परेको पप्पु कन्ष्ट्रक्सनका संचालक हरिनारायण रौनियार एमालेमा प्रवेश गर्ने भएका छन् । उनलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पर्साको पोखरियामा आएर अबिरजात्रा गरी पार्टीमा भित्र्याउन लागेका छन् ।

ठगीकाण्डदेखि ठेक्कामा घोटाला गर्ने पूर्वसांसद रौनियारलाई एमालेले रातो कार्पेट बिछ्याएर स्वागत गर्ने भएको छ । विगतमा दुर्गा प्रसाईलाई पार्टीमा भित्र्याएर केन्द्रीय सदस्य बनाएर पुल्पुल्याएको परिणाम भोगिरहेका एमाले अध्यक्ष ओलीले अर्का त्यस्तै विवादित रौनियारलाई पार्टीमा ल्याउन लागेका छन् ।

डा. भीमबहादुर रावल, नरेश खरेल, घनश्याम भूसालहरुलाई लखेटेर एमालेले एकनाथ ढकाल, हरिनारायण रौनियार, कोमल ओली, मोति दुगड, दुर्गा प्रसाईलाई पार्टीको नेतृत्वमा बिराजमान गराएकोमा पार्टीभित्रै पनि असन्तुष्टि ब्याप्त छ । तर खुलेर ओलीको बिरुद्ध बोल्ने हिम्मत भने कसैले गर्न सकेका छैनन् ।

रौनियारलाई प्रवेश गराउन पर्साको पोखरीयामा बुधबार एमालेले बृहत् कार्यक्रम गर्ने भएको छ ।

केही दिनअगाडि रौनियार काठमाडौं पुगेर अध्यक्ष ओलीलाई भेटेर फर्किएका थिए । उक्त भेटमा रौनियारले पर्सामै कार्यक्रम गरेर पार्टी प्रवेश गर्ने कुरा राखेपछि ओली नै आउन लागेका हुन् । रौनियार ०७४ मा रौनियार पर्सा क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सदस्यमा निर्वाचित भएका थिए ।

उपेन्द्र यादवको तत्कालीन संघीय समाजवादी पार्टीबाट पूर्व सांसदसमेत रहेका रौनियारको पप्पु कन्स्ट्रक्सन २०८० साउनमा कालोसूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पु कन्ष्ट्रक्सन सहित २४ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको थियो ।

६ बर्षअघि पप्पु कन्ष्ट्रक्सनले ठेक्का लिएको बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया जोड्ने जब्दी पुल निर्माण नसकिंदै भासिएको थियो । गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरिएका कारण जब्दी पुल निर्माण पूरा नहुँदै भासिएको थियो । जुन पुल अहिलेसम्म पनि पुननिर्माण हुन सकेको छैन ।

२०७४ साउन २८ गते बबई नदीमा आएको बाढीका कारण १६ करोड ६८ लाख रुपियाँ लगानीमा बनेको ४२५ मिटर लम्बाईको उक्त पुलका तीनवटा स्पान भासिएका थिए ।

पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियारलाई बाँकेमा दर्ता भएको ठगीसम्बन्धी उजुरीमा २०८० असार १५ गते प्रहरी बृत्त बानेश्वरले पक्राउ गरेको थिया ।

बाँके प्रहरीले रौनियारलाई पक्राउ गरिदिन पत्राचार गरेपछि बानेश्वर वृत्तको टोलीले पक्राउ गरेको थियो ।

ठेक्का लिने तर समयमा काम सम्पन्न नगर्ने पप्पु कन्ष्ट्रक्सनको नाम अग्रपंक्तिमा छ ।

पप्पुले ठेक्का लिएका मध्यपहाडी लोकमार्ग अन्तर्गतका २ पुल, मदन भण्डारी राजमार्गको कमला पुल, हुलाकी राजमार्ग अन्तर्गतका निर्माणको क्रममा रहेको ६ वटा पुलमध्ये पप्पु कन्ष्ट्रक्सनले जिम्मा लिएका ३ वटा पुल ८ वर्ष बित्दासमेत निर्माण पुरा हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय