अपडेट 
सशस्त्रका इन्स्पेक्टर साहको संरक्षणमा असई सिंहको खुलेयाम अवैध असुली (भिडियो) | छिपहरमाईमा रास्वपाको गाउँपालिका भेला, अध्यक्षमा यादव चयन | पशु उपशाखा संचालन रहेकाे भवन भत्काउँदा २० लाखकाे क्षति, गाउँपालिकाकाे आपत्ति | | पर्साको पटेर्वासुगौलीबाट २२ किलो गाँजासहित चौधरी पक्राउ | आईजीपी हटाउन लागिएको विषयमा प्रहरी प्रधान कार्यालयको खण्डन | पत्रकार छठु साहलाई दुर्व्यवहार गर्ने प्रहरीमाथि कारबाहीको माग | पोखरियाका इन्स्पेक्टर ढकालको गुण्डागर्दी, प्रहरी ज्यादतीकाे भिडियाे बनाउने संचारकर्मी माथि दुर्व्यवहार | पिताको अनुमति बिना बिहे गर्दै छिन् बलिउड अभिनेत्री सोनाक्षी सिन्हा | प्रदेश सरकारको योजनामा अब उपभोक्ता समिति हटाइनेछः मुख्यमन्त्री सिँह |
२०८० मंसिर ६, बुधबार ०५:०२ बजे

महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले हिरासतमा रहेका थुनुवाहरुको लागि पुस्तकालय स्थापना गरेको छ । विभिन्न किसिमका फौजदारी अभियोग लागि कानूनी हिरासतमा रहेका थुनुवाहरुको आचरण, व्यवहार र सोचमा पुस्तकले सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले पुस्तकालय स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी प्रकाश मल्लले जानकारी दिए ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीबिच भएको कार्य सम्पादन सम्झौता अनुसार मंगलबारबाट “हिरासतमा पुस्तकालय” संचालन भएको एसपी मल्लले जानकारी दिए ।

पुस्तकालयको मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले उद्घाटन गरेका छन् । थुनामा रहने मानिसको आचरणमा सकारात्मक परिवर्तन ल्याउन पुस्तकालय महत्त्वपूर्ण कडी सावित हुने विश्वास भट्टराईले व्यक्त गरे ।

पुस्तकालयमा ३ सय ९७ पुस्तक राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नेपाली साहित्यका सबै विधाका ५ सय किताबहरु जिल्ला प्रहरी कार्यालयमा रहेको एसपी मल्लले बताए । कार्यालय पुस्तकालय र हिरासत पुस्तकालय स्थापना संगै अब छिट्टै नागरीक- प्रहरी पुस्तकालय समेत संचालन गर्ने तयरी रहेको एसपी मल्लले बताए ।

आन्तरिक कार्यविधी बनाएर थुनुवालाई निश्चित समय खुल्ला वातावरण समेत उपलब्ध गराइ पढ्ने बानिको विकास गराउने लक्ष्य रहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय