वीरगंज – १० मंसिर । पर्साको सबै स्थानीय तहहरुमा झोले संस्थाहरुले पालिका तथा वडाका जनप्रतिनिधि र कर्मचारीहरुसङ्गको कमिसनको खेलगरि लक्षित बर्ग कार्यक्रम तथा विभिन्न किसिमका कार्यक्रमहरु गरि करोडौंको बजेट लुट्ने गरेको खुलासा भएको छ ।
स्थानीय तहका केही कर्मचारीहरुले दलालको भुमिका पनि खेल्ने गरेको समाचार प्राप्त भएको छ । उनिहरु एनजीओ आईनजियोकर्मीहरुसंग मिलेर बढी कमिसन आउने कार्यक्रमहरु हाल्न जनप्रतिनिधिहरुलाई लोभ्याउने हाल्न लगाउने र आफूसंग हिमचिम रहेका संघसंस्था माफियाहरु संग सेटिङ गराई कार्यक्रम दिलाउने देखि एनजिओ तथा सङ्घसंस्थाका एजेट सँग मिलेर सेयर हाली काम गर्ने सम्म गरिरहेको खुलेको छ । स्थानीय तहका कर्मचारीहरू पनि आफ्ना घरपरिवार तथा आफन्त आसेपासेको नाममा दर्जनौँ सामाजिक संघसंस्था दर्ता गराइ सेटिङमा जिन्सीका समान खरिद र संघसंस्थाबाट हुने सामाजिक विकासका कार्यक्रमहरू कमिसनको भरमा आफ्नै फर्मको नाममा हात पारेर कागज मै मिलान गरी बिल भर्पाई बनाइ लाखौँ करोडौँका बजेट लुट्ने गरेका छन । पालिका कर्मचारीमा नियुक्त रहे पनि गैरसरकारी संस्था खोलेर बसेका छन् । सरकारी कर्मचारीहरू नै सङ्घसंस्था खोलेर सामाजिक विकास कार्यक्रममा संलग्न हुँदा यस्ता कार्यमा भ्रष्टाचारको सीमा नाघेको छ । पालिकाका कर्मचारीले यसरी खुलेआम नीतिनियमविपरीत काम गरिरहेको भए पनि यसको नियन्त्रणका लागि कतैबाट पनि पहल भएको छैन ।
पर्साका स्थानीय तहमा झोले संस्थाहरुले कब्जामा नै जमाएका छन । पर्साका एनजीओ आईनजियोकर्मीहरुले पलिका तथा वडाका निर्वाचित जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, योजना र लेखापाल सरहको कर्मचारीहरूलाई बजेटको ४० पर्सेन्ट देखि ५०-६० पर्सेन्ट सम्म कमिसन बुझाएर कार्यक्रमहरु हात पारिरहेका छन । यति मात्र हैन कार्यक्रम हात पार्न बिदेशी रक्सी दारु मासु जनप्रतिनिधि र कर्मचारीहरुको घर घरमा पुर्याएर विभिन्न किसिमका खुसामत गर्ने देखी मोटो रकमको थैली भेट गरि खुसी पारेर संघसंस्थाबाट हुने सामाजिक विकासका कार्यक्रमहरू, जिन्सीका समान खरिद ,ठेक्का पटा जस्ता कार्यहरू हात पार्ने र बजेटको २० प्रतिसत पनि खर्च नगरी बिल भरपाई मिलाई पहुँच तथा कमिसनको भरमा पैसा निकासा गराई आतङ्क मच्चाउनुको साथै बर्सेनि लाखौँ लाख बराबरको राजश्व चोरी गरिरहेको खुलेको हो । बजेटको २० पर्सेन्ट खर्च गरि बाकीको रकम कागजी प्रक्रिया पूरा गरि बिल भरपाइ बनाई कमिसनको भरमा पालिकाको रकम झ्वाम पार्ने गरेका छन ।
कार्यक्रम प्रभावकारी हुनुपर्छ तर जिल्लको अधिकांश पालिकाहरूमा उनीहरूले कमिसन बुझाएर आफ्नो डिजाइनमा जिन्सीका समान खरिद ,ठेक्का पटा, संघसंस्थाबाट हुने सामाजिक विकासका कार्यक्रमहरू हाल्न लगाई कसैलाई जानकारी नै नदिई जनप्रतिनिधिको आसेपासेहरूलाई बोलाएर साँघुरो कोठामा गुपचुप ढङ्गबाट कागजमै सीमित हुने गरी कार्यक्रम गरेर पालिकाको लगानी बालुवामा पानी हाले सरह गरेको स्थानीयहरूको गुनासो छ ।
पर्सा जिल्लाको विभिन्न पालिका तथा वडाको जनप्रतिनिधि र कर्मचारीहरुसंगको सेटिङमा विभिन्न एनजीओ आईनजियोको नामबाट दर्ता भएका सस्थाहरु जुन सस्था सामुहिक हुनु पर्नेमा स्थानीय तह आए सङ्गै तेस्ता संस्थाहरु बेक्तीगत रुपमा चलाउने गरेको देखिएको छ । कतिपय संस्था हरुको सम्पर्क कार्यलय पनि छैनन् । झोलामा सस्थाको कागज पत्र बोकि विभिन्न स्थानिय तहका जनप्रतिनिधि र कर्मचारीहरु सङ्गको कमिसनको खेलमा विभिन्न किसिमको कार्यक्रमहरु गरिरहेका छन । सोको आर्थिक लाभ संस्थागत नभईकन आफ्नो बेक्तीगत लाभलिने आफ्नो आय आर्जन गर्ने तिर लागेको प्रष्ट देखिन्छ ।
भ्रष्टाचार गरेर एनजिओ तथा सङ्घसंस्थाका माफियाहरू र केही भ्रष्ट कर्मचारीले अकुत सम्पत्ति आर्जन गर्न सफल भएका छन् । निकायले गम्भीरताका साथ छानबिन गरेमा भ्रष्टाचार गर्नमा माहिर रहेका सङ्घसंस्थाका माफियाहरूले कतिको भ्रष्टाचार गरेका छन् भने सत्य तथ्य पता लगाउनका लागि उनको सम्पत्ति शुद्धीकरण गरियो भने सबै छर्लङ्ग हुने छ । यस्ता झोले संघसंस्था र केही भ्रष्ट कर्मचारीहरूले गर्दा पर्साको अधिकांश राम्रो सङ्घ संस्थाहरूलाई कार्य गर्न अवसर प्राप्त नभएको र यो सामाजिक विकास सम्बन्धी कामहरूको बदनामी भइरहेको छ । सङ्घसंस्था माफियाहरुले भ्रष्टाचार गरेर अख्तियारलाई समेत खुल्ला चुनौती दिइरहेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालले एनजीओ आईनजियोकर्मीहरुको काममा निगरानी बढाउन र राम्रो संग छानबिन गरी भ्रष्टहरुलाई कार्वाहीको दायरामा ल्याउन आवश्यक देखिन्छ ।