अपडेट 
जगरनाथपुर गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु | जगरनाथपुर गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु | अदालतमा हारपछि तालाबन्दी गरेर मेयरमाथि प्रहार | एसपी कुमोध ढुंगेलले सम्हाले पर्सा प्रहरीको कमाण्ड | पर्साको वीरगंजमा अनिश्चितकाल कर्फ्यू आदेश जारी | आम ट्रेड यूनियन फेडरेशन नेपालको महासचिवमा तेज नारायण थारु चयन | डिएसपी गोविन्द पन्थीलाई ‘अन्तर्राष्ट्रिय अनुसन्धान अवार्ड’ | गुप्ताले गर्ने अनियमिततामा पाेखरिया नगरपालिकाकाे पनि साथ | वसन्त पञ्चमी आज, देशभर सरस्वतीको पूजा आराधना गरी मनाइँदै | नेपाल प्रहरीका ७८ एसपीको सरुवा, पर्सामा सिंघम एसपी कुमोध ढुंगेल |
२०८० मंसिर १०, आईतवार १२:०४ बजे

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत कृष्ण ठाकुर हाजिर भएकाे १५ दिन भन्दा बढी भएपनि खाता संचालन नहुँदा विकास निर्माणकाे काम प्रभावित भएकाे छ ।

अधिकृत ठाकुर कार्तिक २४ गते नै गाउँपालिकामा हाजिर भएपनि हाल सम्म खाता संचालन हुन सकेकाे छैन । खाता संचालन नहुँदा विकास निर्माणकाे काम प्रभावित भएकाे स्वम् जनप्रतिनिधिहरुले नै वताएका छन् ।

गाउँपालिका अध्यक्ष मनाेज कुमार गुप्ताले कोलनिकाको हाकिम नहुँदा खाता खुल्न नसकेकाे वताएका थिए । तर काेलनिकाकाे हाकिम यज्ञराज उप्रेति वीरगंज आएपनि खाता संचालन हुन सकेकाे छैन् ।

गाउँपालिकामा निमिति प्रमुख प्रशासकिय अधिकृत बनाउने याेजना अन्तर्गत खाता संचालनमा ढिलाई गरिएकाे समाचार स्राेतले जनाएकाे छ ।

स्राेतका अनुसार प्रमुख प्रशासकिय अधिकृत ठाकुरलाई केही दिन प्रशासनिक काम मात्र गराएर गाउँपालिकाबाट पठाउने गाउँपालिका केही जनप्रतिनिधि र कर्मचारीहरुकाे याेजना रहेकाे छ ।

साेही याेजना अन्तर्गत खाता संचालनमा ढिलाई हुँदा गाउँपालिका आर्थिक कामकाज प्रभावित भएकाे हाे ।

छिपहरमाईकाे यस अघिकाे प्रमुख प्रशासकिय अधिकृत सिकेन्द्र प्रसाद साहकाे सरुवा गराएर निमित प्रमुख प्रशासकिय अधिकृत बनाउने याेजना बनाइएपनि संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले साे याेजना विफल बनाइदिएकाे थियाे ।

सुरुमा मन्त्रालयले पठाएकाे नयाँ प्रमुख प्रशासकिय अधिकृत ठाकुरलाई हाजिर नै नगराउने याेजना रहेपनि त्यसाे हुन सकेन । अधिकृत ठाकुर हाजिर भएपनि अब खाता संचालनमा अवराेध सृजना गरिएकाे छ ।

यस विषयमा बुझ्न प्रमुख प्रशासकिय अधिकृत ठाकुरसंग फाेनमा सम्पर्क गर्न खाेज्दा फाेन नउठेका कारण सम्पर्क हुन सकेन । कालिका टाईम्स

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय