अपडेट 
जगरनाथपुर गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु | जगरनाथपुर गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु | अदालतमा हारपछि तालाबन्दी गरेर मेयरमाथि प्रहार | एसपी कुमोध ढुंगेलले सम्हाले पर्सा प्रहरीको कमाण्ड | पर्साको वीरगंजमा अनिश्चितकाल कर्फ्यू आदेश जारी | आम ट्रेड यूनियन फेडरेशन नेपालको महासचिवमा तेज नारायण थारु चयन | डिएसपी गोविन्द पन्थीलाई ‘अन्तर्राष्ट्रिय अनुसन्धान अवार्ड’ | गुप्ताले गर्ने अनियमिततामा पाेखरिया नगरपालिकाकाे पनि साथ | वसन्त पञ्चमी आज, देशभर सरस्वतीको पूजा आराधना गरी मनाइँदै | नेपाल प्रहरीका ७८ एसपीको सरुवा, पर्सामा सिंघम एसपी कुमोध ढुंगेल |
२०८० मंसिर ११, सोमबार १९:१३ बजे

काठमाडौं – आज अपरान्ह काठमाडौंको गौशालामा भएको झडपमा ३८ जना आन्दोलनकारी घाइते भएका छन् । सोही क्रममा गेरुवस्त्रमा त्रिशूलसहित दुर्गा प्रसाईंको आन्दोलनमा सहभागी भएपछि धर्मगुरु श्रीनिवासलाई प्रहरीले प्रहरी वृत्त जनसेवामा राखेको छ । धर्मगुरु भनिएका आचार्यलाई साढे ४ बजे पक्रेर त्यहाँ पुर्याइएको हो ।

बिहिबारदेखि राजधानी केन्द्रित विरोध प्रदर्शन गर्दै आएका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले गरेको आन्दोलनमा सहभागी भएपछि उनी पक्राउ परेका हुन् । गौशालामा भएको आन्दोलनमा प्रहरीसँगको मुठभेडमा ३८ जना घाइते भएको बताइएको छ ।

जसअनुसार कास्कीकी ४४ वर्षीया शान्तिदेवी सेञ्चुरी, नवलपुरका ३७ वर्षे टोपबहादुर पौडेल, झापाकी ३२ वर्षीया भूमिका गिरी, बाराका ४० वर्षे रुपेश दास, बाराकै ३० वर्षीया आशादेवी सहनी, बाराकी ४० वर्षीया सीतादेवी मलानी र सर्लाहीका ३९ वर्षे विशाल मैनाली घाइते भएका छन् ।

त्यस्तै बाराकी ५० वर्षीया सीता कानु, बाराकी ६० वर्षीया कुन्तीदेवी तुराही, बाराकै ५५ वर्षे वकिल हवारी, नवलपुरकी ३३ वर्षीया स्वची चौधरी, बाराका ५४ वर्षे लालदेव पण्डित, बाराकै ३५ वर्षकी अञ्जु गिरी,  ५० वर्षकी मनि देवी घाइते भएको बताइएको छ ।

चितवनका ३० वर्षे प्रदिप सुनुवार, बाराकी ३० वर्षे कलशा देवी, ३० वर्षीया चन्दादेवी, २५ वर्षकी रिनादेवी, सर्लाहीका ३३ वर्षे राजिवकुमार चौधरीको नाम प्रसाईं समूहले उतारेको घाइतेको सूचीमा उल्लेख छ । अन्य घाइतेमा बाराका ४६ वर्षे सब्रु नेसार, ३० वर्षीया सजना खातुन, ५० वर्षे बासमती महतो, ५० वर्षकी ललिता देवी, ४५ वर्षीया जानुका देवी, ३५ वर्षे रितादेवी गिरी, ४५ वर्षकी बचन्ती चौधरी र बाराकै ५० वर्षका इन्दरिया चौधरी हुन् ।

बालाजुकी ५० वर्षकी सीता सुनुवारसहित बाराका ४५ वर्षे देवलाराम, ३५ वर्षीया रितादेवी मण्डल, ३६ वर्षकी महिमा खातुन, २५ वर्षीया भागरथी सहनी, ३० वर्षकी तेत्रादेवी सहनी, ३० वर्षकै नगिनादेवी, ४५ वर्षीया लालमती पासवान, ४३ वर्षीया रामकुमार ठाकुर र ५० वर्षकी जसैया देवी घाइतेको उपचार गरिएको भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय