मेथीको सागका पनि छन् धेरै फाइदा



एजेन्सी । मेथीको साग जाडोमा एकदमै धेरै खाने गरिन्छ । यसमा पोटाशियम, क्याल्सियम, सेलेनियम, म्याग्नेशियम, भिटामिन ए र भिटामिन सी जस्ता जरुरी पोषक तत्वहरु पाइन्छन् । यसको सेवनले शरीरमा कैयौं प्रकारका समस्याहरुबाट छुट्कारा पाउन सकिन्छ ।

  • मेथीमा फाइबर तथा एन्टीअक्सीडेन्ट्स हुने भएकाले कब्जियत तथा पाचनसँग जोडिएका समस्याका लागि एकदमै राम्रो साग मानिन्छ ।
  • मेथीमा अमिनो एसिड पनि पाइन्छ, जो मधुमेहका रोगीहरुका लागि लाभदायक हुन सक्छ । त्यसैले मधुमेहका रोगीहरुले पनि यो साग खान सकिन्छ ।
  • मेथीको सागमा फाइबर हुने भएकाले यसललाई तौल कम गरिरहेको बेला पनि खान सकिन्छ । साथमा यो सागमा क्यालोरी पनि एकदमै थोरै मात्रामा हुन्छ ।
  • मेथीको साग हड्डीको स्वास्थ्यका लागि पनि एकदमै राम्रो मानिन्छ । यसमा प्रोटिन भरपूर मात्रामा पाइन्छ जो हड्डीको मेटाबोलिज्मका लागि राम्रो हुन्छ ।
  • मेथीको साग कपालका लागि पनि राम्रो मानिन्छ । यसमा प्रोटिन हुन्छ, जसले कपाललाई बलियो बनाउने काम गर्छ ।
  • केही अध्ययनहरुले बताएका छन् मेथीले राम्रो कोलेस्ट्रोल उत्पादन बढाउँछ । साथमा यसले खराब कोलेस्ट्रोल र ट्राइग्लिसराइड्सको उत्पादनलाई कम गर्न सक्छ ।
  • त्यस्तै मेथीको साग खाँदा शरीरमा आइरनको मात्रा बढ्छ जसले गर्दा रगतको कमी पनि हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज





थप खबर