अपडेट 
पिताको अनुमति बिना बिहे गर्दै छिन् बलिउड अभिनेत्री सोनाक्षी सिन्हा | प्रदेश सरकारको योजनामा अब उपभोक्ता समिति हटाइनेछः मुख्यमन्त्री सिँह | पेडा खुवाएर बलात्कार गरेको आरोपमा मुख्यमन्त्री कार्यालयका उपसचिव साह नियन्त्रणमा | कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी यातायातमन्त्री महासेठलाई | तस्करीको लाइन खोलाउन गएका नामुद तस्कर मुख्तार पक्राउ | नेपाल प्रहरीका चार एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस | नेपाल प्रहरीका चार डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस | गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ | मधेस प्रदेश : एमाले र माओवादीका मन्त्रीले अझै छाडेनन् ‘मन्त्री निवास’ | प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष बिश्वकर्मा सम्मानीत |
२०८० मंसिर २८, बिहीबार १८:३५ बजे

महोत्तरी । महोत्तरी जिल्ला अदालतले सशस्त्र प्रहरीका असई थमन विकको हत्या मुद्दामा प्रदेश सांसद अभिराम शर्मासहित ७ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश उद्धबप्रसाद भट्टराईको इजलासले बिहीवार यस्तो फैसला सुनाएको हो । शर्मा लोसपा मधेश प्रदेश सभा सदस्य तथा लोसपाका प्रदेश संसदीय दलका नेता समेत हुन् ।

यस्तै जलेश्वर नगरपालिकाका पूर्व मेयर रामशंकर मिश्र, लोसपाका नेता तथा जलेश्वर अस्पताल विकास समितिका पूर्व अध्यक्ष सुरेश पाण्डे, प्रदीप साह माझी, सञ्जयकुमार साह, मोहन ठाकुर र धर्मेन्द्र रायलाई जन्मकैदको फैसला सुनाइएको जिल्ला अदालत महोत्तरीले जनाएको छ ।

यसैसँग जोडिएको आगलागी मुद्दामा सातै जनाले जनही ६ महिना कैद र १० लाख रुपैयाँ क्षतिपूर्ति दामासाहीले तिर्नुपर्ने फैसला भएको छ । यस्तै नेकपा एमालेका प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरी र अर्का प्रतिवादी पवन कापडले भने दुवै मुद्दामा सफाइ पाएका छन् ।

२०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा आन्दोलनकारीको तर्फबाट घाइते भएका सशस्त्र प्रहरीका असई विकलाई उपचारको लागि जलेश्वरबाट जनकपुर लग्दै गर्दा एम्बुलेन्सबाट थुतेर कुटपिट गरी हत्या गरेको भन्दै २८ जनामाथि ज्यान मुद्दाको अभियोग लागेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय