अपडेट 
पिताको अनुमति बिना बिहे गर्दै छिन् बलिउड अभिनेत्री सोनाक्षी सिन्हा | प्रदेश सरकारको योजनामा अब उपभोक्ता समिति हटाइनेछः मुख्यमन्त्री सिँह | पेडा खुवाएर बलात्कार गरेको आरोपमा मुख्यमन्त्री कार्यालयका उपसचिव साह नियन्त्रणमा | कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी यातायातमन्त्री महासेठलाई | तस्करीको लाइन खोलाउन गएका नामुद तस्कर मुख्तार पक्राउ | नेपाल प्रहरीका चार एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस | नेपाल प्रहरीका चार डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस | गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ | मधेस प्रदेश : एमाले र माओवादीका मन्त्रीले अझै छाडेनन् ‘मन्त्री निवास’ | प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष बिश्वकर्मा सम्मानीत |
२०८० मंसिर २८, बिहीबार १९:०१ बजे

रौतहट ।  रौतहटमा शिक्षिका श्रीमतिको साटो उनका श्रीमानले विद्यालयमा पढाउँदै गरेको पाईएको छ ।

रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको एक विद्यालयमा नियुक्ति भएकी शिक्षिका घरमा बस्दै आएकी र उनको श्रीमान उनको साटोमा विद्यालय पढाईरहेका छन् ।

प्रारम्भिक सिकाई बलियो हुनुपर्नेमा लापरवाही भएपछि बालबालिकाको शिक्षाको विकास नै धरापमा पर्ने देखिएको छ ।

शिक्षालाई स्थानीय तहको जिम्मा दिए पछि ठाडो राजनीतिक हस्तक्षेप बढ़ी देखिएको कारण शिक्षाको स्तर खस्किँदै गएको छ । ईशनाथ नगरपालिका वड़ा नम्बर ९ लौतनामा सञ्चालन रहेको एक प्राथमिक विद्यालयमा नियुक्ति पाएका एक शिक्षिका घरमा बेसको र त्यसको सट्टामा उनको श्रीमान् बाल बालिकालाइ पढाउदै गरेको पाइएको छ ।

महेन्द्र राय यादव प्राथमिक विद्यालयमा कार्यरत रहेकी बाल शिक्षिका कबिता देवी यादवको सट्टामा उनका लोग्ने शिशु र कक्षा १ मा अध्ययन गराउँदै पाइएको छ । बिहान ११ बजेको समयमा विद्यालयमा पत्रकारहरुको टोली पुग्दा विद्यालयका प्राध्यानध्यापक प्रेम यादव विद्यालय बाहिर रहेका थिए भने कक्षा कोठामा श्रीमतीको ठाउँमा श्रीमान् पढाउदै गरेको पाइयो ।

आफू अध्यापन गरिरहेको विद्यालयमा शिक्षक कति जना छन्, कति कक्षा सम्म पढाई हुन्छ भने कुरा समेत थाहा नभएको व्यक्तिले सानो बालबालिकाको भविष्य बिगार्ने कार्य गरिरहँदा पनि सम्बन्धित निकायले कुनै कारवाही गर्न सकेका छैनन् ।

शिक्षाको विकास राम्रो रहेको दावी गर्दै आएकी ईशनाथ नगरपालिकाको नगर प्रमुख कौशल्या देवी सिन्हाको कमजोरीको कारण शिक्षामा विकृति फैलिएको स्थानीयहरुको आरोप रहेको छ ।

चिसो मौसममा छाना नै नभएको कक्षा कोठाको भूईमा बसेर बाल बालिका पढाउने गरेको विद्यालयमा शुद्ध खानेपानी र शौचालयको अभावसमेत रहेको देखिएको छ ।

विद्यालयमा कार्यरत शिक्षक राजेश कुमार यादवले विद्यालयमा खानेपानी र शौचालयको अभाव रहेको कारण समस्या भोग्नु परिरहेको बताए । उनले ६ महिना अघि हुरीले उडाएको छाना मर्मत गराई दिन पटक–पटक आग्रह गर्दा नगर प्रमुखले कुनै चासो नदेखाएको गुनासो गरे ।

नगर पालिकाले २०७९ साल फागुन महिनादेखि नै दिवा खाजाको रकम नदिएकोले बाल बालिकालाई खाजा खुवाउन समस्या भइरहेको कार्यालय सहयोगी राम प्रवेश यादवले बताए । पसलबाट उधारो खानेकुरा ल्याएर खाजा खुवाउदै आएको दुखेसो पोख्दै पसलेले पैसाकोलागि दिनहुँ ताकेता गर्ने गरेको गुनासो गरे ।

कक्षा ५ सम्म सञ्चालन रहेको सो विद्यालयमा १ शिक्षक र ४ शिक्षिका गरी ५ जना कार्यरत रहेका छन् । प्राध्यानध्यापक प्रेम यादव राजनीतिमा बढ़ी समय खर्चिने गरेकाले विद्यालयको अवस्था दयनीय बन्दै गएको छ ।

विद्यालयमा कम्पाउण्ड वाल , बेन्च डेस्क समेत रहेको छैन । कम्पाउण्ड वाल नभएका कारण विद्यालयमा भएको सामग्री पनि चोरी हुने गरेको शिक्षक यादवले वताए ।

जिल्ला शिक्षा विकास समन्वय इकाई रौतहटका प्रमुख राम विनय सिंहले पत्नीको ठाउँमा लोग्ने पढाउन नपाउने बताए । त्यस्तो कार्य गर्ने माथि नगरपालिकाले कारवाही गर्नु पर्ने समेत बताए । बिद्यालयमा १ सय २५ जना विद्यार्थी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय