
वीरगंज – ३ पुस । सीमा सुरक्षा र सीमा नाकाबाट हुने तस्करीलगायतका अपराध रोक्ने मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी नै तस्करहरुबाट लाभ लिएर भन्सारछलीका सामान ओसारपसार गर्न छुट दिइरहेको छ ।
सशस्त्र प्रहरीबाट मौखिक लाइसेन्स पाए जस्तै बिना कुनै रोकटोक निर्धक्क रुपमा भिस्वा सीमानाकाबाट खुलेआम तस्करी भइरहेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
पर्साको भिस्वा नाकाबाट तस्करी भईरहेको बारेमा गण बाहिनी हुदै हेडक्वार्टर सम्म गुनासो पुगिसेको र साथै पत्रपत्रीका अन्लाईनहरुमा पनि दिन दिनै भिस्वा तस्करी बारे प्रकाशन भइरहेको छ तर सशस्त्र प्रहरी हेडक्वार्टरले अहिले सम्म ना त तस्करी रोक्न सकेको छ ना त कुनै अनुसन्धान गरि कार्वाही नै अघि बढाएको छ। यस्ले सशस्त्र संगठनमा काम कार्वाही फित्लो रहेको आम सर्वसधारणको बुझाइ छ ।
सशस्त्र प्रहरी बलको नम्बर १३ गण पर्साका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) किसन कर्माचार्य र बोर्डर आउट पोस्ट (बीओपी) भिस्वा बञ्जारीका प्रमुख इन्सपेक्टर छबी दर्लामीकै संरक्षणमा तस्करी मौलाएको स्रोत बताउँछ । संगठनले दिएको जिम्मेवारीलाई भुलेर एसपी कर्माचार्य र इन्स्पेक्टर दर्लामीले अबैध कारोबारीहरुसंग साठगाठ गरि मोटो रकम बुझेर तस्करी गर्न छुट दिएको समाचार प्राप्त भएको छ ।
सशस्त्र प्रहरीकै मिलोमतोमा नेपालबाट चाईनिज स्याउ , चाईनिज १० फिटे ईन्चीटेप ,कुखुराको दाना ,चुरोट , युनीलीवर कम्पनीका सबै समान, फेयरलवली, फेयरलवलीको पाउच ,प्रोस्टाइल तेल ,क्लोजअप पेस्ट, भारत प्रतिबन्धित प्लास्टिक जन्य समान लगायतको करोडौको सामान भन्सार छलेर नेपालबाट भारत पुग्ने गरेको छ ।
यस्तै, भारतीय प्रसिद्ध बजार सिक्टासंँग जोडिएको भिस्वा सिमानाकाबाट नेपालतर्फ काजु, लत्ताकपडा, पाउडर दूध, जुत्ताचप्पल, हार्डवेयर, इलेक्ट्रोनिक पार्टस, मोटरपार्टस, भारतीय ब्रान्डका सूर्तीजन्य पदार्थ रजनीगन्धा, स्पेयर पार्टस, भाँडाकुँडा, खानेतेल, चिनी लगायतका खाद्यान्न र कस्मेटिक तथा खेलकूदलगायतका सामग्रीहरु मोटरसाइकल, साइकलका माध्यमबाट नेपालमा भित्रने गरेको छ । दैनिक लाखौँ र मासिक करोडौं मूल्यबराबरका उल्लेखित सामान भन्सारछली गरी भित्रदा ठूलो रकम राजस्व छली हुने गरेको छ ।
त्यस्तै, भारतमा सस्तो र नेपालमा महंगो भएका कारण सख्खर, धान र गहुँको तस्करी खुब बढेको छ । धान, गेहुको ओसार पसार गर्ने तस्करहरु संग प्रति ट्रेक्टर ३ हजार र सख्खर ओसार पसार गर्ने तस्करहरु संग प्रति ट्रेक्टर ७ हजारका दरले सशस्त्रका एसपी कर्माचार्य र प्रहरी निरीक्षक दर्लामीले बुझेर लाईन दिएको एक तस्करले बताए । बुढगाईको नाका हुदै रातीको समयमा धान, गेहु र सख्खर लोड ट्रेक्टर दैनिक नेपालतर्फ भित्रीयाउने गरेको स्थानियहरुले बताएका छन । तस्करहरुले सशस्त्र प्रहरीकै सेटिङमा रातीराती ट्याक्टरकै माध्यमले सख्खर, धान र गहुँको तस्करी गर्ने गरेका छन भने दिनको समयमा साइकल र मोटरसाइकलमा २–२ बोरा ल्याई जम्मा गरी ट्याक्टरमा लोड गरेर बीरगंज, परवानीपुर, जितपुरसम्म पठाउने गरेका छन् ।
यस्तै, भिस्वाबाट काठमाडौं जाने रात्री नाईट बसमा अबैध रूपमा भित्रीयाईएको भारतीय कपडा र बच्चाले पिउने पावडर दुध लगायतको विभिन्न समान् बसमा हालेर काठमाडौं पठाउने गरेका छन ।
उता, बिहार सरकारले मदिरा उत्पादन तथा बिक्रीबितरणमा रोक लगाएका कारण नेपालबाट भारततर्फ घरेलु मदिरा र सिल प्याक मदिराको पनि तस्करी भइरहेको छ ।
मानिसको स्वास्थ्यमा खेलबाड, विषाक्त भारतीय माछा तस्करी ।
बुढगाइ नाकाबाट भारतीय माछा हप्तामा ५-६ पिकअप पिकअपमा लोड गरि तस्करीको माध्यमले नेपालतर्फ भित्रियाउने गरेको खबर प्राप्त भएको छ ।
भारतबाट आयातित माछा क्वारेनटाइन जाँच नै नभई नेपाल भित्रिरहेका छन् । मरेका माछालाई कुहिन नदिन फर्मालिन नामको विषाक्त रसायनको प्रयोग हुन्छ । यसले मानव स्वास्थ्यलाई प्रतिकुल असर पु¥याउन सक्छ । विशेष गरेर भारतको आन्ध्र प्रदेशबाट नेपालमा माछा आयात हुन्छ । दक्षिणी भारतमा मारिएका माछा नेपाली नाकासम्म ल्याउन झन्डै ४/५ दिन लाग्छ । त्यसैले माछालाई कुहिन नदिन त्यसमा फर्मालिन प्रयोग गरिएको हुन्छ । नेपाल आइसकेपछि पनि व्यापारीहरूले यसलाई ताजै देखाउन फर्मालिनको थप प्रयोग गर्छन् ।
‘फर्मालिन’ भनिने केमिकल हालिएको माछा भारतबाट क्वारेन्टाइन परीक्षणबिना भित्रिने यस्ता माछा रासायनिक र जैविक रुपमा स्वास्थ्यको दृष्टिकोणले जोखिमपूर्ण हुने चिकित्सकहरू बताउँछन्। तर स्वास्थ्यको लागि घातक भएपनि आफ्ना पकेट गरम गर्न सशस्त्र प्रहरी निरीक्षक दर्लामीले नेपाली जनताको स्वास्थ्यसंग खेलवाड गरिरहेका छन ।
सशस्त्र प्रहरी निरीक्षक दर्लामीले आइतबारका दिन तस्करबाटै केही समान मागेर भन्सार बुझाएको खुलासा ।
समाचार बहिरिदा या माथिल्लो निकायबाट नीग्रानी र कडाइ हुँदा माथीबाट दबाब आयो केही न केही बुझाउनु पर्छ नत्र गाह्रो हुन्छ काम बन्द गर्नु पर्छ भनेर सिमानाकामा काम गर्ने अबैध कारोबारी तस्करहरुबाट नै केही समान मागेर देखावटी गर्न बुझाउने गरेको पनि बेला बेलामा सुनिन्छ ।
तर भिस्वा बिओपीका इन्स्पेक्टर दर्लामीले पनि ठिक उस्तै दिमाग लगाएका छन । भिस्वाबाट तस्करी भनेर आएको समाचार दबाउन र माथिल्लो निकायमा काम देखाउन उनले भिस्वाबाट कपडा तस्करीको काम गर्ने तस्कर बैला भने सत्रुधनबाट आइतबारका दिन केही समान मागेर बढी मुल्य राखि बुझाएको जानकारी प्राप्त भएको छ ।
यति मात्र हैन उनि तस्करीमा मुछिने देखिएपछी तस्करबाटै केही समान मागेर भन्सार बुझाइ ढाक छोप गर्न पत्रकारहरुको मेसिन्जर व्हाटसपमा समानको डाटा पठाएर ढाक छोप गर्न सकृयता देखाइ समाचार प्रकाशन गरि दिन हारगुहार गरिरहेको पनि प्रमाण हामिले फेला पारेका छौ । जब कि कुनै समान ब्रामद या प्रेस रिलिज गर्न प्रवक्ताले मात्र दिनमिल्ने अधिकार हुन्छ र स्वयं सशस्त्र प्रहरी नै भन्छन । तर उनले आफ्नो कर्तुत ढाकछोप गर्न संगठनको सिमारेखा पार गरेको यस घटनाबाट प्रष्ट देखिन्छ ।
एसपीले आफ्ना मातहतका बिओपीहरुबाट मासिक बुझ्ने दररेट र धेरै मात्रामा सिपाही हवल्दारलाई आउँट बिदा छोडेर रासनमा आखा ।
स्रोतका अनुसार सशस्त्रका एसपी कर्माचार्यले तस्करहरुलाई तस्करीको लाईन दिएर महिनाको रकम बुझ्ने गरेकै छन । तर आफ्ना मातहतका बिओपीहरुबाट पनि १५ – १५ हजार हजारको दरले एसपी कर्माचार्यले बुझ्ने गरेका छन भने डिएसपी संगम श्रेष्ठले पनि ५ हजारको दरले बिओपीहरु बाट बुझ्ने गरेको एक बिओपी इन्चार्जबाटै जानकारी भएको छ तर उनले आफ्नो नाम नखोल्ने सर्तमा हामीलाई बताएका थिए । यति मात्र हैन एसपी कर्माचार्यले धेरै मात्रामा सिपाही हवल्दारलाई बिदा आउँट छोडेर उनिहारुको रासनको पैसा पनि आफ्नो पकेटमा हाल्ने गरेको स्रोतको दाबी छ ।
सशस्त्र प्रहरी निरीक्षक दर्लामीले तस्करीका समान पक्राउ गरेर केही सस्तो समान भन्सार बुझाए र महँगो समान तस्करको जिम्मा लगाए । तर भएन कुनै कार्वाही
बैला भने सत्रुधनले भिस्वा नाकाबाट पहिला देखि नै स्थानीय प्रहरीलाई मिलाएर तस्करी गर्दै आएका छन । स्रोतका अनुसार केही महिना अगाडि तस्कर सत्रुधनले तस्करी वापतको बुझाउने रकममा १-२ दिन ढिलाई गर्दा र माथी काम देखाउन सशस्त्रका प्र. नि. दर्लामीले त मोटरसाइकल सहित ३ लाखको कपडा बरामद गरे तर फेरि मोटो रकम बुझेर मोटरसाइकल र केही राम्रो राम्रो कपडाहरु तस्करकै जिम्मा लगाएर कम मुल्यका आधी कपडा मात्र भन्सार बुझाएको उनिमाथि आरोप छ । तर उनिमाथि न त कुनै छानबिन भयो न त कार्वाही नै भयो यस घटनाबाट बाट तस्करीमा एसपीको पनि सन्लगन्ता रहेको प्रष्ट हुन्छ ।
यस बिषयमा एसपी कर्माचार्यसंग बुझ्दा कुनै किसिमको तस्करी नभएको दाबी गरे । म आफै पनि रति उतैतिर गएका थिए त्यस्तो केही देखिएन र तस्करी रोक्न पूरा कडाइका साथ लाग्न निर्देशन पनि दिए । केही समान पनि हामिले बरामद गरेका छौ केही छिन मा पत्रकार समेलन गरेर जानकारी पनि दिन्छौ एसपी कर्माचार्यले भने ।
तर अस्ति यस बिषय प्रहरी निरीक्षक दर्लामीसंग बुझ्दा मेरो एरियाबाट कुनै तस्करीको लाईन नदिएको दाबी गरे तर उनले कुरागर्दा गर्दै खुला सिमानाका हो अलि अलि भइनै हाल्छ , अहिले खेतको बाटो पनि खाली छ त्यहाबाट पनि हुनसक्छ र चोराए लुकाएर गर्ने गरेको स्वयंम आफै प्र.नि. दर्लामीले नै स्वीकार गरेका थिए ।
बोर्डर नाकामा खटेका सशस्त्र प्रहरीहरुले तस्कहरुको आर्थिक प्रलोभनमा परि देशको राजश्व चुहावट गर्नेहरु संग साठगाठ गरी देश र आफनो संगठनको मर्यादा विपरित कार्य गर्ने यस्ता प्रहरीहरुलाई आवश्यक कार्यवाही गर्न जरुरी देखीएको छ ।