अपडेट 
पिताको अनुमति बिना बिहे गर्दै छिन् बलिउड अभिनेत्री सोनाक्षी सिन्हा | प्रदेश सरकारको योजनामा अब उपभोक्ता समिति हटाइनेछः मुख्यमन्त्री सिँह | पेडा खुवाएर बलात्कार गरेको आरोपमा मुख्यमन्त्री कार्यालयका उपसचिव साह नियन्त्रणमा | कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी यातायातमन्त्री महासेठलाई | तस्करीको लाइन खोलाउन गएका नामुद तस्कर मुख्तार पक्राउ | नेपाल प्रहरीका चार एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस | नेपाल प्रहरीका चार डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस | गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ | मधेस प्रदेश : एमाले र माओवादीका मन्त्रीले अझै छाडेनन् ‘मन्त्री निवास’ | प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष बिश्वकर्मा सम्मानीत |
२०८० पुष ५, बिहीबार १९:३० बजे

जनकपुर । नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्रमा अब निर्णायक सुधार आउने बताएका छन् । बिहीबार पार्टीको मधेश प्रदेश सम्मेलनमा मन्त्री महतले सरकारले अर्थतन्त्रमा सुधार ल्याउन विभिन्न प्रयासहरु गरिरहेको बताए ।

‘अहिले अर्थतन्त्रले लय पक्रिँदैछ, सेयर बजारमाथि उठेको छ, घरजग्गा कारोबार वृद्धि हुँदैछ, विदेशबाट आउने रेमिट्यान्स ३० प्रतिशतले वृद्धि भइरहेको छ । अहिले पर्यटकको आगमन सबैभन्दा धेरै भएको छ,’ उनले भने, ‘ऋण प्रवाह हुन थालेको छ, अब नेपालको विकासले लय पक्रिन्छ ।’

मन्त्री महतले एमाले अध्यक्ष ओलीको पालादेखि नै नेपालको अर्थतन्त्रमा ठूलो चाङ लागेको र त्यो समस्याको चाङ एक झड्कामा पूर्ति नहुने दाबीसमेत गरे । उनले कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले इमान्दारिताका साथ काम गरिरहेको बताए ।

उनले कांग्रेस सरकारमा हुँदा मधेशको आठवटै जिल्लामा सिँचाइको व्यवस्था गर्ने आश्वासन दिए । ‘जति पनि विकास निर्माणको प्रक्रिया अब अगाडि बढ्छ, त्यसको नेतृत्व नेपाली कांग्रेसले गर्नेछ,’ उनले भने, ‘मधेशका आठवटै जिल्लामा सिंचाईको प्रबन्ध गर्ने कुरामा म पार्टीका तर्फबाट प्रतिबद्धता जनाउँछु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय