
“जहाँ एसपी काफ्ले त्यहाँ शान्ति सुरक्षा” नेपाल प्रहरी संगठनकै छविलाई उच्च राख्दै अनवरत रुपमा बारा जिल्लामा शान्ति ,सुरक्षा,अमनचयन कायम राख्न सफल एसपी सुरेश काफ्लेले जिल्लालाई अपराध मुक्त बनाउन अहोरात्र खटिरहेका छन । जिल्लामा हुने गुण्डाराजका साथै राजनितीक आडमा हुने अपराधजन्य गतिविधिलाई सुक्ष्मअध्यन गर्दै एसपी काफ्लेले जिल्लामाहुने अवाञ्छित गतिविधिलाई रोक्न समेत सफल भएका छन । बारा । नेपाल प्रहरी संगठनकै साख: जोगाउन तल्लीन एसपी सुरेश काफ्लेले बारा जिल्लाको कमाण्ड सम्हालेपछी सो जिल्लाका जनताहरुले शान्ति सुरक्षाको अनुभव गरेको पाईएको छ । छिमेकी मुलुक भारत सँग जोडिएको बारा जिल्लाको अधिकांश नाकाहरु सुरक्षाको तबरले आफैंमा संबेदनसिल हुनु स्वभाविक पनि हो। छोटै समयमा बारा जिल्लाका स्थानीयहरुका मन-मनमा बस्न सफल एसपी काफ्लेको बाराका जनताहरुले खुलमखुल्ला तारीफ समेत गर्दै आएका छन । बारा जिल्लाका राज यादव भन्छन् ” नेपाल प्रहरी संगठनकै अब्बल एसपी सुरेश काफ्लेले बारा जिल्लाको कमान्ड सम्हाले पछि हामी सबै स्थानीयहरु खुसी छौं उनी हर्षले गदगद हुँदै अगाडि बढ्छन “जब एसपी काफ्ले साप बारामा आउनु भयो तब हामीले शान्ती सुरक्षाको अनुभुती गर्यौ । ” एसपी काफ्लेले बारा जिल्लाको कमान्ड सम्हाल्दै गर्दा त्यहाँका तस्कर , गुण्डा नाईके एवम् कालाबजारी गर्दै आएका व्यापारीहरुको हाल निदहराम भएको बताईन्छ ।विगत केही वर्षदेखि नेपाल भारत सिमानाबाट घट्दै आएका अपराध पुर्ण घटनाको नजर अन्दाज गर्दै जिल्लाका नाकाहरुबाट सम्भावित हुन सक्ने अपराधीक गतिविधि लाई सुक्ष्म अध्यन गर्दै एसपी काफ्लेले संगठनले दिएको जिम्मेवारीलाई आत्मसात गर्दै बारा जिल्लाका जनताहरुका साथै त्यहाँ बसोबास गर्दै आएका व्यक्तिहरुलाई उनिहरुको जिउधनको सुरक्षा कसरी दिन सकिन्छ ? भन्नेमा तल्लिन रहेको प्रष्ट देख्न सकिन्छ। नेपालका साथै छिमेकी मुलुक भारतका सिमा नाकाहरु मध्ये राजस्वको हिसाबले समेत महत्त्वपूर्ण मानिने बारा जिल्लाका नाकाहरुमा एसपी काफ्लेले तस्करी विरुद्ध शुन्य सहनशीलता अपनाएका पाइन्छ । बारा जिल्ला प्रहरीले समाजमा हुने अवाञ्छित गतिविधि मध्ये जुवातास खेल्ने- खेलाउने व्यक्तिहरुलाई निगरानीमा राख्नुका साथै अखाद्य पदार्थबाट घरेलु मदिरा उत्पादन गर्ने भट्टीहरुबाट मदिरा नस्ट गर्नुका साथै मनोरञ्जनका लागि भित्र्याउने विस्फोटक पदार्थ पटका जस्ता वस्तुहरु ओसारपसार गर्न पुर्ण रोक लगाएको सुचना समेत जारी गर्दै आएको छ। बारा जिल्लाका एक प्रदेश माननीय भन्नुहुन्छ ” हामीले नेपाल प्रहरी संगठनका एक कुसल प्रहरी अधिकारी काफ्ले जस्तो एसपी पाएका छौँ जिल्लाको शान्ति सुरक्षामा उहाँले कमी हुन दिनु हुन्न यसमा हामी ढुक्क छौ ।
यो पनि पढ्नुहोस :
बारा जिल्ला प्रहरी प्रमुख एवम् सफल कमान्डर एसपी काफ्लेको सफलता : तराईका ६ वटा हत्यामा संलग्न सिँह पक्राउ : बारास्थित बिश्रामपुर गाउँपालिका–३ डम्पिङ साईटमा गोली चलाएर प्रहरीले नियन्त्रणमा लिएको भारतीय नागरिक सुजित कुमार सिंह अहिले कलैया स्थित प्रादेशीक अस्पतालमा उपचार हुँदैछ । गएराति “सार्पसुटर” सिँहसँग मुठभेट हुने क्रममा २ राउण्ड गोली चलाएर उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी सुरेश काफ्लेले जनरक्षालाई बताएका छन । कुख्यात अपराधीको उपनामले चिनिन सिंह बाराको बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।गत कार्तिक १३ गते सोमबार स्वर्णकारको हत्या भएको थियो ।छिमेकी मुलुक भारत मोतिहारी जिल्लाको छौडादानो पञ्चायतस्थित तिनकुनि घर भएका सुजित कुमार सिंह “सार्प सुटर” हुन् । ३२ वर्षीय सिंहले ‘कन्ट्याक्ट किलर’ अर्थात सुपारी लिई ज्यानमार्ने , चोरी डकैती गर्नुका साथै तराईमा विभिन्न हत्यामा संलग्न रहेको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए ।बारास्थित भुताही पुलमा भएको हत्यामा सिंहले गोली चलाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । २०७९ फागुनमा भारतबाट नेपालमा आएर बसेका एक जना पुरुषको बारामा हत्या भएको थियो । सो हत्यामा सिंहले नै गोली चलाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । २०८० असोज ९ मा पचरौतामा गोली प्रहार गरेर भारतीय नागरिक अजित कुमार सिंहको हत्या भएको थियो । आरोपीहरुले भारतबाट नेपालमा ल्याएर अजितको हत्या गरेका हुन् । सुजितले प्रहार गरेको गोलीबाट अजितको हत्या भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् ।