अपडेट 
गाउँका सिंहदरबारमा विकृतिका चाङ | गाउँका सिंहदरबारमा विकृतिका चाङ | झुक्क्याएर नेपाली नागरिकता लिन खोज्ने भारतीय नागरिक प्रहरी फन्दामा | प्रहरीमा सरुवाको नयाँ मापदण्डः कम्तीमा दुई, बढीमा तीन इन्चार्ज | एसपी प्रसाईँमाथि अर्काे काण्ड | संघीय सरकारले माग्यो स्थानीय तहले बाँडेको अनुदानको हिसाब | सहरी विकासका कर्मचारीहरूको कमाउ धन्धा, बजेट लुट्न गुणस्तरहीन सडक निर्माण | मैत्रीपुर्ण क्रीकेटमा शिक्षकहरुको टिम विरुद्ध पत्रकारहरुको टिम विजयी | सकल भवन कन्यामा जनप्रतिनिधि र प्रधानाध्यापकको विवाद | सबै मिलेर मात्र प्रादेशिक अस्पतालको संरक्षण र विकास सम्भव : प्रतिष्ठान |
२०७८ श्रावण १५, शुक्रबार ०९:४१ बजे

काठमाडौं ,१५ साउन। नेपाली कांग्रेसले बारा, सप्तरी, सिन्धुपाल्चोक लगायतका जिल्लाको क्रियाशील सदस्यता नयाँ मापदण्ड बनाएर पाँच दिनभित्र टुंग्याउने भएको छ ।

पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको शुक्रबार बसेको बैठकले धनुषा क्षेत्र नम्बर ४, सर्लाही क्षेत्र नम्बर २, बारा र सप्तरीको सबै (४/४ क्षेत्र), रसुवा र सिन्धुपाल्चोकको विवाद टुंग्याउन नयाँ मापदण्ड बनाउने निर्णय गरेको हो । पाँच दिनभित्र यो टुंगाइने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

बैठकले महाधिवेशनको नयाँ कार्यतालिका भने बनाएको छैन । कार्यतालिका बनाउने र त्यसअनुसार काम नहुँदा गलत सन्देश जाने भन्दै सभापति शेरबहादुर देउवाले विवाद टुंगो लगाएपछि मात्र तालिका बनाउनुपर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय