अपडेट 
प्रचलित कानूनबाहेकका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउनु : गृह मन्त्रालय | सशस्त्र र प्रहरीको सेटिङमा धनुषामा तस्करी | नेरुडे लघुवित्त सँस्था लिमिटेड : सम्झौता कार्यान्वयन नगरि उल्टै कर्मचारीमाथि दमन गर्दा ६ सय कर्मचारीहरु विचल्लीमा | भारतको बसन्तपुरमा आगो सल्काउँदा पर्साको भलुवहीयाँमा २ घरसहित कुखुरा फर्म र १० बिघा गँहु बाली जलेर सखाप | छिपहरमाईमा लक्ष्मी नारायण महायज्ञको जलयात्रा | उल्टो झण्डा झुन्डाउने यीनै हुन् मुख्यमन्त्री | ट्यांकरको ठक्करबाट प्रहरी जवान परियारको मृत्यु | छिपहरमाईमा रास्वपाको होली मिलन कार्यक्रम | अश्लिल भिडियो बनाएको आरोपमा छिपहरमाईबाट अहमद पक्राउ | महोत्तरीमा नयाँ एसपी गएलगत्तै घुसकाण्ड |
२०८० पुष २४, मंगलवार १८:४८ बजे

वीरगंज – २४ पुस। पर्साको जगरनाथपुर गाउँपालिका – ४ हर्रपुरबाट सशस्त्र प्रहरीले ठुलो परिमाणमा लागु औषध गाँजासहित २ जना युवाहरुलाई पक्राउ गरेको छ ।

मंगलबार  बिहान ४ : १५ बजेको समयमा जगरनाथपुर गाउँपालिका – ४ हर्रपुरबाट  १६८ किलो  (१६) पोका प्रतिबन्धित लागु औषध गाँजासहित २ जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ परेका चालक र सह- चालकको नाम अहिले गोप्य राखेका छौ मुद्दा चलाई सकेपछि मात्र उनीहरुको नाम सार्वजनिक गर्ने सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) किशन कर्माचार्यले जानकारी दिए ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्सा मातहतका प्रस्ताबित सिमा सुरक्षा गुल्म भिखमपुरबाट प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद खनालको नेतृत्वमा गएको ७ जनाको गाडि मोवाईल टोलीले हर्रपुर स्थित सडक खण्डामा चेकप्वाईन्ट थापि सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा वीरगंजबाट ठोरीतर्फ जादै गरेको ११ च ९६८६ नम्बरको महिन्द्रा बोलेरो पिकअप गाडीबाट सो परिणाममा लागु औषध गाँजा बरामद गरिएको उनले बताए । पक्राउ परेको  बलेरो पिकपको ईन्जिन नम्बर – GHEID31955 र च्यासिस नम्बर MA1ZC4GHKE1D40311 रहेको छ ।

उनका अनुसार सो पिकअप गाडीमा लुकाईछिपाई ल्याइएको अवस्थामा लागु औषध गाँजा बरामद भएको हो । बोलेरो पिकअ पगाडी खानतलासी गर्दा सो गाडीको पछाडीको भागमा फल्स बटम बनाई रातो प्लास्टिकमा बेरेर लुकाई छिपाई गरी ल्याइएको अवस्थामा लागु औषध गाँजा फेला परेको उनले बताए ।

यस्तै, उनिहरुको साथबाट महेन्द्र बलेरो पिकपको बिलबुक पत्र एक थान, नगद नेपाली रुपैया अठत्तर हजार पाचँ सय र TECNO SPARK/OPPO कम्पनीको १/१ थान मोबाईल पनि बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ गरिएका उक्त लागु औषध र गाडी सहित चालक र सह- चालकलाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय पोखरिया, पर्सामा बुझाईएको  सशस्त्रका एसपी कर्माचार्यले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय