अपडेट 
पिताको अनुमति बिना बिहे गर्दै छिन् बलिउड अभिनेत्री सोनाक्षी सिन्हा | प्रदेश सरकारको योजनामा अब उपभोक्ता समिति हटाइनेछः मुख्यमन्त्री सिँह | पेडा खुवाएर बलात्कार गरेको आरोपमा मुख्यमन्त्री कार्यालयका उपसचिव साह नियन्त्रणमा | कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी यातायातमन्त्री महासेठलाई | तस्करीको लाइन खोलाउन गएका नामुद तस्कर मुख्तार पक्राउ | नेपाल प्रहरीका चार एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस | नेपाल प्रहरीका चार डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस | गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ | मधेस प्रदेश : एमाले र माओवादीका मन्त्रीले अझै छाडेनन् ‘मन्त्री निवास’ | प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष बिश्वकर्मा सम्मानीत |
२०८० माघ २, मंगलवार १३:११ बजे

महोत्तरी – माघ २ गते । लाखौं मूल्य बराबरको भन्सार छलीको सामानसहित ६ जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा महोत्तरीकै गौशाला नगरपालिका २ बस्ने ३० वर्षीय अताबुल राईन, रेडक्रस टोल बस्ने २८ वर्षीय अस्लम बैठा धोवी, ३५ वर्षीय बिपिनकुमार चौधरी, सम्सी गाउँपालिका ६ बस्ने २१ वर्षीय श्याम साह, वडा नम्बर ७ बस्ने २२ वर्षीय विलौछन यादव र सोनमा गाउँपालिका १ बस्ने २६ वर्षीय सञ्जय कमार साह रहेका छन् ।

सम्सी ७ बस्ने ३५ वर्षीय राजेश यादव र गौशाला २ निगौल बस्ने ४५ वर्षीय भविचन महतो फरार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए। उनका अनुसार सोमबार बिहान करिब ४ बजेको समयमा गौशाला २ निगौलको एरिया हुँदै ३ वटा टेम्पु र २ वटा मोटरसाइकलमा भन्सार छली चोरी पैठारी गरी विभिन्न किसिमका कपडा ल्याउँदै छ भन्ने सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सामानसहित उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले प्र २ ०२–००१ ह १७२३ नम्बरको हरियो रंगको टेम्पो, स १ ह ५२८० नम्बरको निलो रंगको टेम्पो, प्र ०४–००१ ह ०१५२ नम्बरको निलो रंगको टेम्पो, बिआर ३३ एटी ०४४१ नम्बरको मोटरसाइकल र बिआर ०६ ए जेड ०६७९ नम्बरको मोटरसाइकलमा विभिन्न किसिमका कपडाको अन्दाजी ११ लाख २८ हजार ३ सय बराबरको सामान नियन्त्रणमा लिएको उनले बताए।

प्रहरीले सामान र गाडीलाई २१ लाख २८ हजार ३ सय मूल्यांकन गरी सामानसहित उनीहरूलाई आवश्यक कारबाहीको लागि जलेश्‍वर भन्सार कार्यालय, मलिवारा पठाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय