भंगहाबाट जयनगरतर्फ जाँदै गरेको रेलमा लडेर एक यात्रुको मृत्यु



महोत्तरी । महोत्तरीको भंगहाबाट जयनगरतर्फ जाँदै गरेको रेलमा सवार एक यात्रुको मृत्यु भएको छ।

महोत्तरीको लोहरपट्टी नगरपालिका–४ स्थित खुटापिपरारीका ५० वर्षीय रामएकवाल पण्डितको मृत्यु भएको हो ।

आज बिहान ८ बजे महोत्तरीको भंगहाबाट जयनगर तर्फ जान लागेको रेलमा पण्डित लोहारपट्टीमा चढेका थिए ।

टिटी (रेलको कन्डक्टर)ले टिकट चेक गर्न जाँदा अचानक रेलको डिब्बाभित्रै लडेर उनको मृत्यु भएको हो ।

हृदयघातबाट उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रादेशिक अस्पताल जनकपुरमा पण्डितको शव पोष्टमर्टमका लागि राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज





थप खबर