अपडेट 
प्रचलित कानूनबाहेकका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउनु : गृह मन्त्रालय | सशस्त्र र प्रहरीको सेटिङमा धनुषामा तस्करी | नेरुडे लघुवित्त सँस्था लिमिटेड : सम्झौता कार्यान्वयन नगरि उल्टै कर्मचारीमाथि दमन गर्दा ६ सय कर्मचारीहरु विचल्लीमा | भारतको बसन्तपुरमा आगो सल्काउँदा पर्साको भलुवहीयाँमा २ घरसहित कुखुरा फर्म र १० बिघा गँहु बाली जलेर सखाप | छिपहरमाईमा लक्ष्मी नारायण महायज्ञको जलयात्रा | उल्टो झण्डा झुन्डाउने यीनै हुन् मुख्यमन्त्री | ट्यांकरको ठक्करबाट प्रहरी जवान परियारको मृत्यु | छिपहरमाईमा रास्वपाको होली मिलन कार्यक्रम | अश्लिल भिडियो बनाएको आरोपमा छिपहरमाईबाट अहमद पक्राउ | महोत्तरीमा नयाँ एसपी गएलगत्तै घुसकाण्ड |
२०८० माघ ७, आईतवार ०७:३४ बजे

काठमाडौँ । सशस्त्र प्रहरी बल मुख्यालयले मधेस प्रदेशको कमाण्ड सम्हालेका डीआईजी दिपेन्द्र शाहलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । छिन्नमस्ता बाहिनी बर्दिबासमा कार्यरत डीआईजी शाहलाई आठ बाहिनीपतिमध्ये उत्कृष्ट बाहिनीपतिको रुपमा पुरस्कृत गर्ने निर्णय गरेको हो ।

देशभरका युनिट प्रमुखहरुको मूल्याङ्कन गर्ने क्रममा बाहिनीपतिहरूमध्ये छिन्नमस्ता बाहिनीमा कार्यरत शाह उत्कृष्ट ठहरिएको सशस्त्र प्रहरी बल हल्चोक मूख्यालय स्रोतले जनाएको छ ।

आठ ओटा जिल्लाको कमान्ड रहेको सो बाहिनीले सीमा सुरक्षामा समेत उल्लेख्य कार्य गरेको सशस्त्र मुख्यालयको ठहर गरेको थियो ।

मधेस प्रदेश सीमा सुरक्षाको दृष्टिले संवेदनशील रहेको र सीमामा हुने आपराधिक गतिविधि नियन्त्रण तथा राजश्व छलीलाईसमेत न्यूनीकरण गरेको भन्दै सो बाहिनीका बाहिनीपति डीआईजी शाहलाई पुरस्कार ग्रहण गर्न काठमाडौँ बोलाइसकेको छ ।

उनी काठमाडौ आइसकेको मूख्यालयका एक अधिकृतले बताए । वर्षभर उत्कृष्ट भएका  बाहिनी, तालिम केन्द्र,गण, गुल्म र युनिटहरूलाई सशस्त्र प्रहरी बल स्थापना भएको माघ ९ गते मुख्यालयमा पुरस्कृत गर्ने कार्यक्रम रहेको छ ।

हरेक  वर्ष उत्कृष्ट युनिटलाई सशस्त्र प्रहरी मुख्यालयले पुरस्कृत गर्दै आएको छ । देशभर एआईजीको नेतृत्वमा अनुगमन गरी उनीहरूको कार्यसम्पादनलाई आधार मानेर पुरस्कार प्रदान गर्ने गरिन्छ ।

यस वर्ष तीन एआईजीको नेतृत्वमा अनुगमन भएको थियो । डीआईजी र एसएसपीहरुले गण, गुल्म, बीओपीहरुको अनुगमन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय