अपडेट 
पिताको अनुमति बिना बिहे गर्दै छिन् बलिउड अभिनेत्री सोनाक्षी सिन्हा | प्रदेश सरकारको योजनामा अब उपभोक्ता समिति हटाइनेछः मुख्यमन्त्री सिँह | पेडा खुवाएर बलात्कार गरेको आरोपमा मुख्यमन्त्री कार्यालयका उपसचिव साह नियन्त्रणमा | कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी यातायातमन्त्री महासेठलाई | तस्करीको लाइन खोलाउन गएका नामुद तस्कर मुख्तार पक्राउ | नेपाल प्रहरीका चार एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस | नेपाल प्रहरीका चार डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस | गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ | मधेस प्रदेश : एमाले र माओवादीका मन्त्रीले अझै छाडेनन् ‘मन्त्री निवास’ | प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष बिश्वकर्मा सम्मानीत |
२०८० माघ २२, सोमबार २२:४९ बजे

मो.मोजिबुल्लाह – रौतहट २२ माघ । रौतहटमा गर्भपतन गर्न नमान्दा एक महिलालाइ कुटपिट गरि घरबाट निकाला गरेको घटना बाहिरिएको छ ।

प्रेम बिबाह गरेकी स्थानीय परोहा नगरपालिका ७ नरकटिया टोलकी ३० वर्षीय महिलालाइ पति, सासु, ससुरा, जेठान, देवर र नन्दले माइतीबाट सुसरालमा जादा कुटपिट गरि घरमा प्रवेश गर्नबाट निषेध गर्दा पिडितले उजुरी दिए पछि घटना बाहिरिएको हो ।

२०७७ सालमा स्थानीय आलोक पटेल संग प्रेम बिबाह गरेर घर भन्दा बाहिर बस्दै आएकी ३० वर्षीय किरण देवीले तेस्रो पटक गर्भबती भएपछी लोग्नेले गर्भ पतन गरे मात्र बिबाह दर्ता प्रमाण पत्र, नेपाली नागरिकता प्रमाण पत्र बनाई दिने भनेको र घरमा जादा कुटपिट गरेको पिडित महिलाले सुनाए ।

सन्चारकर्मी संग कुरा गर्दै पिडितले दुइ पटक गर्भ पतन गरिएको र तेस्रो पटक २ महिना गर्भ रहेको जानकारी गराउदै कानुनी रुपमा पत्नी बनाउन गर्भपतन गर्नु पर्ने अडान लोग्नेको रहेको बताए ।

गएको शुक्रवार घरमा जादा लोग्ने आलोक पटेल, ससुरा हरिन्दर पटेल, सासु कौशल्या देवी, जेठान राजु पटेल, सन्तोष पटेल, देवर छोटेलाल पटेल, नन्द पिंकी पटेल र रागनी कुमारी पटेलले सामुहिक रुपमा कुटपिट गरेको भिडियो आफु संग रहेको समेत दावी गरेकी छिन ।

प्रेम बिबाह गरेका लोग्ने आलोक पटेलले म संग पटक पटक गरि १५ लाख रुपैया बैग उद्योग, घर निर्माण र झगडा मिलापत्रको लागि लिएको दावी गरे । उनले भने अरु संग ऋण लिएर सो रकम दिएको छु, थप रकम माग गर्दा दिन नसक्ने तथा लिएको ऋण तिर्नु पर्ने भन्दा लोग्नेले छोडेर अर्को बिहे गर्न लागेको उल्लेख गरे ।

पिडित महिलाले आफु प्रति अन्याय गर्नेलाइ कानुनी कार्यवाही हुनु पर्ने माग समेत गरेको छ! पीडक माथि कार्यवाही गर्नको लागि जिल्ला प्रहरी कार्यालय रौतहटको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिइएको पिडितले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय