अपडेट 
वीरगंजमा न्यूज २४ टेलिभिजन प्रादेशिक कार्यालय संचालन, यस टेलिभिजन आवाजविहीनहरुको आवाज बन्न सहोस् : मुख्यमन्त्री सिंह | संगठनको आडमा मिर्मिरे लघुवित्त कर्मचारीहरुको गुण्डागर्दी, ‘नेरुडे मिर्मिरे’ लघुवित्तमा भाँडभैलो ! | नेपाली कांग्रस पर्साकाे विकाश शाखा प्रमुखमा युवा नेता नविन सिंह | व्यापारीहरुमा आतँक फैलाएको गुनासो बढेपछि सरुवा गरिएका अधिकृत भण्डारी शक्तिकेन्द्र धाउँदै | डिआइजी पोखरेल संकटमा : पैसा उठाउने बिचौलिया थुनामा, घुमुवाहरू हेडक्वार्टर तानिए | कृष्णाष्टमीमा बोलाईएको प्रिति पासवान र निरुता साहको कार्यक्रम रद्द | मुख्यमन्त्रीको छड्के जाँचमा अस्पतालमा चिकित्सक भेटिएनन् | जटही नाकामा प्रहरीकै संलग्नतामा खुलेआम तस्करी ! | डा. हुसेनलाई प्रहरीले पक्राउ गरेको विषयमा अस्पताललाई बद्नाम गर्न खोजियो : न्यूरो अस्पताल | अन्यायपूर्वक अवकाश दिन लागिएको भन्दै पाँच एसएसपीसहित २१ प्रहरी अधिकृत सर्वोच्चमा |
२०८० फाल्गुन २, बुधबार १८:२० बजे

वीरगंज, २ फागुन । पर्साको बिन्दबासिनी गाउँपालिका – ४ झौवा निवासी ओम प्रकाश गुप्ताले आधा दर्जन भन्दा बढी गैर सरकारी संस्था र कम्पनीहरु दर्ता गराई समाजिक विकासकाे कार्यक्रममा अनियमिता गरिरहेपनि सम्बन्धित निकायकाे ध्यान पुग्न सकेकाे छैन् ।

गुप्ताले आफु र आफ्नाे आफन्तहरुकाे नाम संस्थाहरु दर्ता गरि पर्साका विभिन्न पालिकामा समाजिक विकासकाे कार्यक्रम र सिपमुलक तालिमहरु मापदण्ड विपरित संचालन गरिरहेपनि सम्बन्धित निकायकाे ध्यान पुग्न नसकेकाे हाे ।

समाचार स्राेतका अनुसार विभिन्न पालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई कमिशनकाे प्रभावमा पारि उनकाे समाजिक विकास र सिपमुलक तालिमहरु संचालन गर्ने गरेका छन् । उनले कार्यक्रम संचालनकाे लागि आफ्नै तीन वटा संस्था वा कम्पनीहरु काेटेशनकाे लागि पेश गर्ने गरेका छन् ।

उनले आफै तीन वटा संस्थाकाे प्राविधिक तथा आर्थिक प्रस्तावना तयार गरि कार्यक्रम हात पार्ने गरेका छन् । प्रस्तावना स्वीकृत गर्ने कर्मचारीलाई उनले माेटाे रकम कमिशन दिएका कारण उनले पेश गरेकाे प्रस्तावना चेकजांच विना नै उनले भने अनुसार नै स्वीकृत गरिदिने गरेका छन् । जस कारण कम लगानीमा संचालन हुन सक्ने कार्यक्रममा सरकारकाे ठुलाे लगानी खर्च हुने गरेकाे छ ।

अर्काे तर्फ उनले पेश गरेकाे प्रस्ताव अनुसार समेत कार्यक्रम संचालन नगरेकाे तथ्य र प्रमाणहरु फेला परेका छन् ।

उनले भख्रर केही दिन पहिला मात्र पाेखरिया नगरपालिकामा संचालन गरेका डल कुशन तालिम र मेहदी बनाउने तालिमकाे ब्यानर समेत संचालन र समाप्ति मिति थिएन ।

पाेखरिया नगरपालिकाकाे सहयाेग र बाैद्धिमाई डेभलपमेन्ट स्किल सेन्टर बिन्दवासिनिकाे आयाेजनामा संचालित डल कुशन तालिम र माँ बिन्दवासिनी डेभलपमेन्ट एण्ड सिप प्रालि सेन्टर बिन्दवासिनी ४ काे आयाेजनामा संचालित मेहदी बनाउने सम्बन्धित तालिमकाे ब्यानरमा मिति समेत नलेखिएकाे तालिम सम्पन्न भएकाे हाे ।

मिति नै नभएकाे ब्यानरकाे अगाडी उभेर पाेखरिया नगरपालिकामा मेयर प्रधुम चाैहानले तालिमकाे उद्घाटन गर्नुले गुप्ताले गर्ने अनियमितामा उनकाे पनि साथ रहेकाे देखिन्छ । जुन सुकै कार्यक्रम संचालन गर्दा ब्यानरमा कार्यक्रम संचालनकाे मिति अनिवार्य राख्नु पर्ने प्रावधान रहेपनि त्यसकाे समेत पुरा गरिएकाे छैन ।

यसले तालिम कति दिनकाे हाे ? कहिले संचालन भयाे र कहिले सम्पन्न हुने हाे भने अन्याैल सृजना गरेकाे छ । यसले समाचार स्राेतले भने अनुसार गुप्ताले संचालन गर्ने कार्यक्रमकाे तस्बिर लिएर मात्र कार्यक्रम सकाउने गरेकाे तथ्य प्रमाणित गर्दछ ।

अर्काे तर्फ उनकाे प्रस्तावना स्वीकृत गर्ने पाेखरिया नगरपालिकाकाे निमित प्रमुख प्रशासकिय अधिकृत अजय श्रीवास्तवकाे सलंगनता समेत प्रमाणित गर्दछ । तालिम संचालनकाे लागि आर्थिक सहयाेग गरेकाे नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रीवास्तव र समाजिक विकास शाखाबाट कार्यक्रमकाे अनुगमन समेत नहुनु र मिति विनाकाे ब्यानारमा तालिम संचालन हुनुले उनकाे सलंग्नता समेत प्रमाणित गरेकाे जानकारहरु वताउँछन् ।

अर्काे तर्फ याे कार्यक्रम संचालनकाे उनले पेश गरेकाे अनुसारकाे बिल भुक्तानी भइसकेकाे भए नगरपालिकाका लेखापाल मन्दिप महताे सलंग्नता समेत देखिने जानकारहरु बताउँछन् ।

हुन त उनले यस अघि संचालन गरेकाे कार्यक्रमकाे सम्बन्धमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग समेत उजरी परिसकेकाे छ । अख्तियारले गरेकाे छानविनकाे क्रममा अनुसन्धानकाे लागि कार्यक्रमका सहभागिलाई समेत अख्तियारले झिकाएर अनुसन्धान गरेकाे वतान्छ । अब फेरी उनले पहिला जस्तै नै संचालन गर्ने गरेकाे कार्यक्रम बारे अख्तियार के गर्ला हेर्न बाकी नै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय