अपडेट 
मन्त्री छोडेको आठ दिन बित्यो, यादवले छोडेनन् मन्त्रीको सुविधा ! | छिपहरमाईमा करेन्ट लागेर एक जनाको मृत्यु | पाेखरियामा याेजना शाखा प्रमुख पाण्डेकाे हालीमुहाली, याेजना बिक्री गर्दै | उपेन्द्र आउट भएपछि स्वास्थ्यमन्त्रीमा प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खान पनि मन्त्री बन्ने | मधेशका मुख्यमन्त्री कार्यालयका उपसचिव साहमाथि बलात्कार मुद्दा, कर्मचारीकै श्रीमतीलाई ब्लाकमेल गरी पटक पटक बलात्कार | एमालेले पनि छोड्यो मधेस सरकार, मुख्यमन्त्री यादव अल्पमतमा | माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन | मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र | छिहरमाईका अध्यक्ष बालविवाह गराउँदै,सूचना लुकाउँदै | लिटिलबडी प्रि-स्कुलका बालबालिकाहरुले एक वर्षमा बचत गरेको रकम सार्वजनिक |
२०८० फाल्गुन ३, बिहीबार २०:१४ बजे

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) गोविन्द पन्थीले अन्तर्राष्ट्रिय अनुसन्धान अवार्ड (INTERNATIONAL Investigative AWARD)  पाएका छन् । डीएसपी पन्थीलाई मानब बेचबिखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा काम गर्दै आइरहेको संस्था लाई KIN INDIA ले उत्कृष्ट कार्य गरेबापत उक्त अवार्डले सम्मानित गरेको हो ।

डीएसपी पन्थी मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा भएका थिए । सन् २०२३ मा मानव बेचबिखन नियन्त्रणको क्षेत्रमा उत्कृष्ट भएको भन्दै उनलाई लाई KIN INDIA ले छनोट गरेको थियो।

उक्त अवार्ड लिन संस्थाले उनलाई भारतको दिल्लीस्थित नेपाली राजतुताबासमा आयोजित कार्यक्रममा आमन्त्रण गरेकोमा उनी जान असमर्थ भएकोले संस्थाका अध्यक्ष नवीन जोशी र सल्लाहकार इन्द्रराज भट्टराई सहितको टोलिले उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्र सिंह राठौरको उपस्तिथिमा  पन्थीलाई अवार्ड हस्तान्तरण गरेको हो।

डीएसपी पन्थी अहिले उक्त कार्यालयको पिलर ८ वैदेशिक रोजगार ठगी मुद्दाको अनुसन्धान तथा कारबाहीको जिम्मेवारीमा छन्। उनले उक्त पिलरबाट बिदेश पठाउने भनी ठगी गरेका कन्सल्टेन्सी, म्यानपावर, दलाल र ट्राभल एजेन्सीहरुलाई निर्मम रुपमा कारबाही गर्दै आएका छन् ।

पछिल्लो समय भिजिट भिसाको प्रयोग गरि मानव तस्करीमा सङ्लग्न गिरोहको पहिचान गरि कारबाही गर्ने कार्यमा उनले महत्वपूर्ण भुमिका निर्बाह गरेका थिए।जस्को कारण भिजिट भिसामार्फत् संगठितरूपमा मानव तस्करीमा सङ्लग्न भएकोमा अध्यागमन अधिकृतसहित ट्राभल सन्चालक र दलाल गरि ८ जना पुर्पक्षका लागि थुनामा छ्न भने ३० जना धरौटीमा छुटेका छन् ।

त्यस्तै डिएसपी पन्थीलाई भर्खरै मात्र पनि ठूलो सफलता हात परेको छ । उनको टोलीले आइतबार मात्रै विदेशमा सुनका गहना पठाउने भन्दै झण्डै आठ करोड ठगी गर्ने ४ जनालाई पक्राउ गरेको थियो । उक्त समूहलाई डीएसपी गोविन्द पन्थी नेतृत्वको समूहले आइतबार भक्तपुरबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय