विरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको कमाण्ड प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले सम्हालेका छन् ।बुधबार दिउँसो कार्यालयमा पुगेर एसपी ढुंगेलले जिल्ला प्रहरी कार्यालयको कमाण्ड सम्हालेका हुन् ।
प्रहरी प्रधान कार्यालयले सरुवा गरेको ९ दिन पछाडि एसपी ढुंगेल पर्सा प्रहरी कार्यालयमा हाजिर भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्सामा हाजिर भएका एसपी ढुंगेललाई प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमारविक्रम थापासहितका प्रहरी अधिकारीहरुले स्वागत गरेका थिए ।
जिल्लाको कमाण्ड सम्हाल्दै एसपी ढुंगेलले इमान्दारितापूर्वक काम गर्न प्रहरी जवानदेखि लिएर अधिकारीसमेतलाई निर्देशन दिएका छन् ।
प्रहरी मुख्यालयले गत १ फागुनमा ढुंगेलसहित ७८ जना एसपीको जिम्मेवारी हेरफेर गरेको थियो ।
यसअघि पर्साको कमाण्ड एसपी कोमल शाहले सम्हालेका थिए । उनको सरुवा नेपाल प्रहरीको इन्टरपोल शाखामा भएको छ ।