वीरगंज, १३ फागुन । पर्साको जगरनाथपुर गाउँपालिकामा पालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबारबाट सुरु भएको छ ।
गाउँपालिकाको वडा नं. ५ स्थित मधुवाहा खेल मैदानमा राष्ट्रपति रनिङ शील्ड सो प्रतियोगिता सुरु गरिएको हो ।
जगरनाथपुर गाउँपालिकाले आयोजना गरेको उक्त प्रतियोगिताको प्रमुख अतिथि वीरगंज महानगर उप-प्रमुख इम्तियाज आलमले पानसमा दिप बाली उद्घाटन गर्नुभएको छ । तीन दिनसम्म चल्ने प्रतियोगितामा ९ वटा खेल विधामा विद्यार्थी सहभागी हुने छन् ।
गाउँपालिकाभित्रका २७ विद्यालयका २ सय ६० छात्रछात्रा खेलमा सहभागी भएका छन् । प्रा वि तहमा १०० मिटर दौड, २०० मिटर दौड, हाई जम्प, लङ्ग तथा आ वि तहमा १०० मिटर दौड, २०० मिटर दौड, ४०० मिटर दौड, हाईजम्प, लङ्ग जम्प, सटपुट र मा वि तहमा १०० मिटर दौड, २०० मिटर दौड, ४०० मिटर दौड, ८०० मिटर दौड, हाईजम्प, लङ्ग जम्प, सटपुट, ज्याभलिङ्ग थ्रो, कवडी लगायतका खेलमा विद्यार्थीले प्रतिस्पर्धा गर्दै छन् ।
प्रतियोगिताको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि वीरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलमले दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिएका सम्पुर्ण बिद्यार्थीहरुलाई शुभकामना तथा उज्ज्वल भबिस्यको कामना गर्दै उनले रिजल्ट आइसकेपछि यो नसोच्नुस कि दोस्रो आए तेस्रो आए किन कि बिजेता उपबिजेताको खेल हो हारजितको खेल हैन, आउने दिनमा तपाईहरु गाउँपालिका, पर्सा जिल्ला र देशको लागि खेल्नु हुनेछ र खेलमा मात्रै हैन पढाईमा पनि नाम कमाउन हुनेछ भनेर प्रमुख अतिथि आलमले शुभकामना दिए ।
गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले यो खेलमा मेहनत गरेर बेवस्थापनमा प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्नु हुने सम्पुर्णमा धन्यवाद दिदै कुनै बिधालयसंग भेदभाव नगरी अनुसाशित र प्रादर्शित भएर पहिलाभन्दा पनि अझै राम्रो गर्न शिक्षक ज्युहरुमा आग्रह तथ निर्देशन दिएका छ्न । आउने दिनमा आगामी बजेटमा यसमा कुनै किसिमको कमिकमजोरी भए गाउँपालिकामा प्रतिबेदन दिनुहोस त्यसकै आधारमा हामिले शैक्षिक क्षेत्रमा समावेस गरि बजेट छुटयाउने बताए। प्रतियोगिताले विद्यार्थीलाई शैक्षिक विकाससँगै खेलकुद क्षेत्रमा पनि अब्बल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने र मानसिक, शारीरिक विकासका लागि खेल अत्यावश्यक भएको गाउँपालिका अध्यक्ष यादवले बताउनुभयो ।
जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षता एवं नेपाली कांग्रेस पर्साको जिल्ला सचिव तथा बिरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमको प्रमुख अतिथ्यतामा भएको उद्घाटन खेलमा सम्पुर्ण वडाका वडाअध्यक्ष, जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन राय, लेखापाल सन्देश कुशवाहा, शिक्षा शाखा प्रमुख, सम्पुर्ण बिधालयका प्र.अ ज्युहरु एवं शिक्षक, बिद्यार्थी, अभिभावक, पत्रकार, सुरक्षाकर्मी, पालिकावासीलगायतको उपस्थिति रहेको थियो ।