एमालेले पनि छोड्यो मधेस सरकार, मुख्यमन्त्री यादव अल्पमतमा



जनकपुरधाम – ३० वैशाख । नेकपा (एमाले) पनि मधेस प्रदेश सरकारबाट बाहिरिएको छ।

एमालेका मन्त्रीहरूले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका छन्।

मधेस भवनस्थित मुख्यमन्त्री निवासमा पुगेर एमालेका चार जना मन्त्री र दुई राज्यमन्त्रीले आइतबार अपराह्न पदबाट राजीनामा बुझाएका हुन्।

एमाले संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार तथा विकास, राजकुमार लेखी गृह तथा सञ्चार, प्रमोद जयसवाल शिक्षा तथा संस्कृति र शत्रुधनप्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए।

त्यसैगरी केशव राय र शारदादेवी थापा राज्यमन्त्री थिए।

जसपा नेपाल संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको सरकार ढालेर नयाँ सरकार गठनका लागि यसअघि आइतबार नै नेकपा (माओवादी केन्द्र) का मन्त्रीहरूले राजीनामा बुझाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज