पेडा खुवाएर बलात्कार गरेको आरोपमा मुख्यमन्त्री कार्यालयका उपसचिव साह नियन्त्रणमा



जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काम गर्दै आएका उपसचिव रुपेश कुमार साह प्रहरीमा आत्मसमर्पण गरेका छन् ।

जबर्जस्ती करणी अभियोगमा फरार भएका साह प्रहरीसमक्ष आत्म समर्पण गरेका हुन् ।

गत वैशाख ७ गतेदेखि फरार भएका सिरहाको बरियारपटी गाउँपालिका वडा नम्बर ४ तेनुवापट्टी निवासी उनी शनिवार कार्यालयमै आएर समर्पण गरेका हुन । यद्दपी घटनाबारे अनुसन्धान जारी रहेको भन्दै प्रहरीले यसबारे केही बोल्न मानेको छैन ।

मधेशभवनस्थित रहेको सरकारी कर्मचारी क्वाटरमा गत माघ १८ गते राति साढे १० बजेतिर उपसचिव साहले ‘भगवानको प्रसाद’ भन्दै पेडामा नशालु पदार्थ मिसाएर खान दिएको र बेहोसभएपछि बलात्कार गरेको पीडित महिलाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । ‘त्यो राति मेरो श्रीमान् बाहिर जानुभएको थियो । प्रसाद खाएर अचेत भएपछि साहले करणी गरे,’ ,’ पीडित २०८० ०८१—२० प ले प्रहरीमा दिएको उजुरीमा भनेकी छन्, ‘मुख्यमन्त्री कार्यालयमा सँगै काम गरिरहेकाले मेरो श्रीमानको साथीको नाताले रातको समयमा उपसचिव साह टेलिभिजन हेर्न पहिला पनि आउने–जाने गरिरहेका थिए । श्रीमान्‌को साथी र कार्यालयमा सिनियर भएकाले साहलाई सम्मान पनि गर्थे ।’ श्रीमान् घर ९गाउँ० गएको मौका छोपेर पीडित महिला एक्लै भएको बेला राति साढे १० बजेतिर कोठामा प्रवेश गरी प्रसाद दिएपछि खाएको र बेहोस भएको ती महिलाको दावी छ । ‘होसमा आउँदा त मेरो सर्वस्व लुटिसकेको थियो,’ जाहेरीमा भनिएको छ ।

उपसचिव साहले जर्बजस्ती करणी गरेको भिडियो र तस्बिर देखाएर कयौंपटक करणी गरेको पीडित २०८० ०८१—२० पको दावी छ । ‘एसिड हालेर अनुहार बिगारिदिने र ज्यान मार्नेसम्मको धम्की दिन थालेपछि उसको ज्यादती सहन बाध्य भए जर्बजस्ती करणीले गर्भमा बच्चासमेत बसेको छ । त्यो बच्चा फाल्नुपर्‍यो भन्दै दबाब दिएपछि श्रीमान्‌लाई सबै जानकारी गराएँ । अनि, न्यायका लागि उजुरी गरेकी हुँ,’ ती महिलाले भनेकी छिन ।

धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । त्यसयता उनी फरार भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज





थप खबर