छिपहरमाईमा रास्वपाको गाउँपालिका भेला, अध्यक्षमा यादव चयन



वीरगंज – ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम छिपहरमाई गाउँपालिकाको भेला तथा सम्मेलन शनिबार सम्पन्न भएको छ  ।

सम्मेलनले उमेश यादव सभापति रहने गरि ११ सदस्ययीय गाउँपालिका कमिटि चयन गरेको छ । कमिटिको उप-सभापतिमा बृज किशोर यादव, सचिवमा मनबोध यादव, कोषाध्यक्षमा सनोज महतो चयन भएको रास्वपा पर्साका सभापति हरि पन्तले जानकारी दिए ।

पर्सा क्षेत्र नं. ४ को  क्षेत्रीय अध्यक्ष जितेन्द्र मिश्रको अध्यक्षतामा तथा शंकर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा जिल्ला संयोजक हरि पन्त, शिक्षा प्रदेश बिभाग प्रमुख सब्बु कंडेल, शिक्षा प्रदेश बिभाग उप प्रमुख सोनालाल पटेलको विषेश आतिथ्यता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज