अपडेट 
बाराका डिएसपी न्यौपानेको कार्वाही स्वरुप काज सरुवा | तस्करीका ‘बादशाह’ किशोर र मुना जैसवालको धनुषाबाट तस्करी ! | भ्रष्टाचारको आरोप : छिपहरमाईका अध्यक्ष गुप्ताको विकास बजेटमा अख्तियारको चासो, फर्जी काम गरि भुक्तानी गरिएको ठेक्कामाथि गहन छानविन | महालक्ष्मी बिकास बैंक वीरगंजमा कारोबार गर्दै हुनुहुन्छ भने सावधान ! तपाईकै पैसा नपाउन पनि सक्छ... | इन्स्पेक्टरको संरक्षणमा प्रसौनीभाठ्ठाबाट खुलेआम तस्करी | एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त, शपथग्रहण सोमबार | लोसपाबाट मन्त्री छान्ने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई | सीमलताल दुर्घटना : नारायणीमा मृत भेटिएका साह गणपति डिलक्सको यात्रु भएको पुष्टि | बेहुली भित्र्याएको भोलिपल्टै बेहुलाको मृत्यु | सिमलताल पहिरोले बगाएकाे बसमा बहुदरमाईका दुई विद्यार्थी पनि वेपता |
२०८१ असार १२, मंगलवार १६:०८ बजे

वीरगंज । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय लहावरथकरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सुजय सिंहलाई गणमा तानिएको छ ।

असई सिंहले एक व्यापारीसँग अवैध रकम असुलेको भिडियो नै सार्वजनि भएपछि सशस्त्र प्रहरी बल, नेपाल १३ नम्बर गण वीरगंज पर्सामा तानेर उनिमाथि छानबिन सुरु गरेको छ ।

पटक पटक बिबादमा पर्दै आएका असई सिंह यस पटक सिमानाकामा व्यापारीसँग अवैध रकम असुलेको भिडियो नै सार्वजनि भएपछि कारबाही हुन बाट बच्न विभिन्न शक्तिकेन्द्रबाट फोन र भनसुन गराईरहेको जानकारी प्राप्त भएको छ । तस्करसँग हकाहकी रकम माग्ने उनी घर खर्चका लागि ल्याउने नेपालीलाई दुख दिँदै आएका थिए ।

गणका प्रवक्ता तथा सुचना अधिकारी देवेन्द्र सिंहसंग घुस काण्डको बारेमा बुझ्दा हामीले त्यसलाई गणमा तानीसकेका छौ उनीमाथि अनुसन्धान भईरहेको र छानबिन गरेर कार्वाही गरिने बताए ।

यतिबेला यस घटनाले सशस्त्र प्रहरीको भ्रष्ट सिस्टमको नीतिलाई उदाङ्गो पारिदिएको छ भने यस्ता घटनाको अन्त्य आखिर कहिले हुन्छ त ?” भन्ने सवाल पनि आम जनतामा चुलिदै गएको छ । बेलाबेलामा बाहिरिने यस्ता आर्थिक प्रलोभनका घटनाका कारण सीमा रक्षामा हरघडी तैनाथ रहने सिङ्गो सशस्त्र प्रहरी संगठनकै साख दिनप्रतिदिन गुम्दै गएको छ ।

पीडित स्थानीयहरु भन्छन्, ‘असई सिंहले पैसा नदिइ कुनैपनि सामान नेपाल भित्र्याउन दिँदैनन्, महिनावारी बुझाउनुस्, म मात्रै होइन हाकिमको भाग पनि दिनुपर्छ, तबमात्रै तस्करीको सामान भित्र्याउन पाइन्छ भन्दै दुःख दिनेगरेका छन् । उनी कसैले यो विषयमा जानकारी पाएपनि केही नहुने फुर्ति लगाउँछन् ।’ असई सिंहले त्यस क्षेत्रबाट तस्करी गर्ने व्यापारीहरुसँग १ हजारदेखि १० हजारसम्म उठाउने गरेको बुझिएको छ ।

नेपाल भारत सीमा क्षेत्रमा पर्ने सिक्टा भिस्वा, कठिया मठिया, सबैठवा लगायतका नाकाहरुबाट सिंहको इसारामा व्यापाक तस्करी बढेको छ । असई सिंहले रकम बुझी तस्करीको लाइन खोलेपछि अहिले सो नाकाहरुबाट दिनदहाडै तस्करीका सामानहरु नेपाल भित्रिने गरेको छ । त्यति मात्रै होइन, असईको रवाफ पनि ठुलै छ । जोसुकै व्यक्तिलाई तस्करहरु जस्तो नै व्यवहार गर्ने गरेको सर्वसाधारणहरुको गुनासो छ ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरको विश्वासिलो पात्र मानिने र खुफिया सूचना दिने व्यक्ति हुन् असई सिंह । डिआईजी ठाडा मगर तत्कालीन छिन्नमस्ता बाहिनी मधेश प्रदेश कार्यालय बर्दिबासमा कार्यरत रहँदा असई सिंह सर्लाही जिल्लामा लामै समयसम्म घुमुवा बसेका थिए । घुमुवा हुँदा तस्कर, व्यापारी, क्रसर व्यवसायी लगायत अवैध गतिविधि गर्नेहरुसँग सेटिङ्ग गर्ने उनको जिम्मा थियो । डिआईजीको नाममा रकम असुलीको आतंक मच्चाएपछि असई सिंह घुमुवाबाट तानिएका थिए ।

त्यसपश्चात पर्साको पोखरिया खटाइएका असई सिंह आउनेवित्तिकै तत्कालीन डिएस्पी भीम चौधरीसँग तँतँमम भनेर मुख लागेपछि डिएसपीले उनलाई कारवाही गरी फिर्ता पठाएका थिए । यति मात्रै होइन, उनको राजनीतिक दलका नेताहरुसँग पनि राम्रै हिमचिम रहेको बताइएको छ । असई सिंह जहाँ गएपनि विवादमा तानिएको उनको रेकर्ड नै छ । उनी पावर र पहुँचको आधारमा लामो समयदेखि पर्सा जिल्लामा कार्यरत रहँदै आएका छन् ।

अहिले पनि पर्सा जिल्लामा कार्यरत रहेपनि असई सिंहले डिआईजी ठाडामगरलाई सूचना दिने गरेको बताइएको छ । हाल बागमती प्रदेश गढीमाई बाहिनीमा कार्यरत रहेका डिआईजी ठाडामगरलाई असई सिंहले वीरगञ्जबाट जाने ट्रान्सपोर्टका सामानहरुको सूचना दिने गरेको बताइएको छ । जसले गर्दा रातोमाटोस्थित अवैध रुपमा संचालन गरिएको सशस्त्र प्रहरीको चेकप्वाइन्टले व्यापारीहरुलाई अनावश्यक दुःख दिने, सेटिङ मिलाउने जस्ता कामहरु गरिरहेको सुत्रको भनाइ छ । आफ्नो कमाण्डर प्रहरी उपरीक्षक (एसपी)लाई जानकारी नदिई असई सिंहले डिआईजी मगरको सुराकीको रुपमा काम गर्ने गरेका छन् ।

पहुँच र पावरको दम्भ देखाइ जहाँ गएपछि पैसाको लागि मरिहत्ते गर्ने असई सिंहको रवैयाले स्थानीयवासी त्रसित छन् । त्यस क्षेत्रका सर्वसाधारणहरु सीमा क्षेत्रमा ओहरदोहर गर्दा लाठीले हिर्काउने, जोसँग पनि पैसा नै माग्ने असई सिंहको बानी छ । उनले तस्कर एवं व्यापारीसँग रकम असुल्दा जिल्लाको हाकिमको मात्र नभइ प्रदेशको हाकिमको पनि नाम लिने गरेका छन् । मधेश प्रदेशका डिआईजीलाई पनि लाखौं रकम बुझाउनुपर्छ भनेर ठूलै रकम असुल्ने गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय