अपडेट 
बाराका डिएसपी न्यौपानेको कार्वाही स्वरुप काज सरुवा | तस्करीका ‘बादशाह’ किशोर र मुना जैसवालको धनुषाबाट तस्करी ! | भ्रष्टाचारको आरोप : छिपहरमाईका अध्यक्ष गुप्ताको विकास बजेटमा अख्तियारको चासो, फर्जी काम गरि भुक्तानी गरिएको ठेक्कामाथि गहन छानविन | महालक्ष्मी बिकास बैंक वीरगंजमा कारोबार गर्दै हुनुहुन्छ भने सावधान ! तपाईकै पैसा नपाउन पनि सक्छ... | इन्स्पेक्टरको संरक्षणमा प्रसौनीभाठ्ठाबाट खुलेआम तस्करी | एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त, शपथग्रहण सोमबार | लोसपाबाट मन्त्री छान्ने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई | सीमलताल दुर्घटना : नारायणीमा मृत भेटिएका साह गणपति डिलक्सको यात्रु भएको पुष्टि | बेहुली भित्र्याएको भोलिपल्टै बेहुलाको मृत्यु | सिमलताल पहिरोले बगाएकाे बसमा बहुदरमाईका दुई विद्यार्थी पनि वेपता |
२०८१ असार १६, शनिबार १७:२९ बजे

राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्कअनुसार मधेसमा २० वर्ष नपुगी विवाह गर्ने किशोरीको सङ्ख्या ५० प्रतिशतभन्दा बढी देखिएको छ ।राष्ट्रिय जनगणनामा उल्लेख गरिएको विवरण अनुसार १५ देखि १७ वर्षभित्र विवाह गर्ने २७.७ प्रतिशत छन् ।

यसै गरी १० देखि १४ वर्षको उमेरभित्र विवाह गर्ने ९.३ प्रतिशत र १० वर्ष उमेर मुनि विवाह गराइने ०.२ प्रतिशतसहित यो सङ्ख्या ३७.२ प्रतिशत हुन्छ ।१८ र २० वर्ष उमेरबीच विवाह गर्ने ३९.५ प्रतिशत छन् ।

दुलाहाको उमेर २० देखिए पनि दुलही १७ वर्षका पाइएका छन् । उमेर नपुगी विवाह भएका महिला ३९.५ को आधा हुँदा कूल उमेर नपुगी विवाह हुनेको सङ्ख्या ५० प्रतिशतमाथि पुग्ने देखिएको बालविवाहविरुद्ध सामाजिक अभियान सञ्चालन गर्दै आएको रत्यौली युवाक्लबका अध्यक्ष वैद्यनाथ चौधरीले जानकारी दिए ।

मधेसमा विवाह हुने सालाखाला औसत उमेर नै १८ वर्ष रहेको राष्ट्रिय जनगणना, २०७८ को तथ्याङ्क अभिलेखमा उल्लेख छ । पुरुषको उमेर २० वर्ष भए पनि महिला १७ वर्षसम्मका पाइएका छन् ।बालविवाहको यो पाटोबाहेक अनमेल विवाह हुँदा पनि बालविवाहमा पर्ने किशोरी नै बढी रहेका देखिएको चौधरीले बताए ।

पछिल्ला केही वर्षयता अनमेल विवाह घट्दै गए पनि समाजमा पाको उमेरका पुरुषको सम्पत्ति हेरेर उमेर नपुगेकी छोरी दिनेहरू समाजमा अझै बाक्लै रहेका उनको भनाइ छ । बालविवाहको यो अवस्था अन्त्य गर्न जिल्लाका स्थानीय तहले विभिन्न सामाजिक सङ्घसँगको सहकार्यमा सामाजिक जागरण अभियान सञ्चालन गर्दै आएका छन् ।

मटिहानी, बलवा, मनराशिशवा, जलेश्वर र लोहारपट्टी नगरपालिका तथा पिपरा र महोत्तरी गाउँपालिकामा बालविवाहविरुद्ध सामाजिक जागरणका लागि विवाह प्रणाली सुधार परियोजना सञ्चालन भइरहेका मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय