घुसकाण्डमा गण तानिएका सशस्त्रका असईलाई जोगाउन चलखेल



वीरगंज । घुस असुली काण्डमा गण तानिएका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सुजय सिंहको बचाउमा गणका एसपी नै सकृय रुपमा लागेको समाचार प्राप्त भएको छ ।

तस्करसंग घुस लिदै गरेको भिडियो नै सार्वजनिक भएपछि  गणमा तानिएका संगठन र शक्तिकेन्द्रमा पहुँच राख्ने शक्तिशाली असई सिंहलाई नेपाल नं. १३ गण, हेडक्वाटर पर्साका गणपति प्रहरी उपरीक्षक एसपी राधेश्याम धिमालकै निर्देशनमा नाटकीय ढंगबाट समय लम्ब्याउदै छानबिन खोकलो पारि प्रतिबेदन कमजोर बनाएर कार्वाहीबाट जोगाउने चलखेल भइरहेको सशस्त्र गण स्रोत बताउ“छ । असई सिंहलाई जोगाउनको लागि भित्रभित्रै अनुसन्धान थालिएको बुझिएको छ।

सशस्त्र प्रहरीका असई सिंहले सिमानाकामा तस्करीलाई हारा झन्डी देखाएर तस्करसँग पैसा असुल्दै गरेको भिडियो सार्वजनिक भएको थियो।

व्यापारीसँग अवैध रकम असुलेको समाचार पत्रपत्रिका,अन्लाईनहरुमा प्रकाशन र समाजिक संजालमा भिडियो नै सार्वजनिक भएपछि सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय लहावरथकरीमा कार्यरत असई सिंहलाई असार ११ गते देखी नेपाल नं. १३ गण, हेडक्वाटर वीरगंज पर्सामा तानेर छानबिन भइरहेको छ ।

पहुँच र पावरको दम्भ देखाइ जहाँ गएपछि पैसाको लागि मरिहत्ते गर्ने असई सिंहको रवैयाले स्थानीयवासी त्रसित छन् । त्यस क्षेत्रका सर्वसाधारणहरु सीमा क्षेत्रमा ओहरदोहर गर्दा लाठीले हिर्काउने, जोसँग पनि पैसा नै माग्ने असई सिंहको बानी छ । तस्करसँग हकाहकी रकम माग्ने उनी घर खर्चका लागि ल्याउने नेपालीलाई दुख दिँदै आएका थिए ।
पीडित स्थानीयहरु भन्छन्, ‘असई सिंहले पैसा नदिइ कुनैपनि सामान नेपाल भित्र्याउन दिँदैनन्, महिनावारी बुझाउनुस्, म मात्रै होइन हाकिमको भाग पनि दिनुपर्छ, तबमात्रै सामान भित्र्याउन पाइन्छ भन्दै दुःख दिनेगरेका छन् । जोसुकै व्यक्तिलाई तस्करहरु जस्तो नै व्यवहार गर्ने गरेको सर्वसाधारणहरुको गुनासो छ । उनी कसैले यो विषयमा जानकारी पाएपनि केही नहुने फुर्ति लगाउँछन् ।’ असई सिंहले त्यस क्षेत्रबाट तस्करी गर्ने व्यापारीहरुसँग १ हजारदेखि १० हजारसम्म उठाउने उठाउदै आएको  बुझिएको छ । नेपाल भारत सीमा क्षेत्रमा पर्ने धोरे,खेस्राहा, सिक्टा भिस्वा, कठिया मठिया र सबैठवा लगायतका नाकाहरुबाट असइ  सिंहको इसारामा व्यापाक तस्करी बढेको थियो ।

सशस्त्र प्रहरीले देशैभरी घुमुवा परिचालनमा रोक लगाएको छ तर नियम कानुन निर्देशनको खिल्ली उडाउदै सिंहले सादा पोशाकमा धोरे,खेस्राहा, सिक्टा भिस्वा, कठिया मठिया, सबैठवा लगायतका नाका नाकामा घुम्दै आफू लहावरथकरी बिओपीको घुमुवा हो भन्दै रवाफ देखाउदै थर्काएर पैसा असुली गर्दै आएको थियो ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरको विश्वासिलो पात्र मानिने र खुफिया सूचना दिने व्यक्ति हुन् असई सिंह । डिआईजी ठाडा मगर तत्कालीन छिन्नमस्ता बाहिनी मधेश प्रदेश कार्यालय बर्दिबासमा कार्यरत रहँदा असई सिंह सर्लाही जिल्लामा लामै समयसम्म घुमुवा बसेका थिए । घुमुवा हुँदा तस्कर, व्यापारी, क्रसर व्यवसायी लगायत अवैध गतिविधि गर्नेहरुसँग सेटिङ्ग गर्ने उनको जिम्मा थियो । डिआईजीको नाममा रकम असुलीको आतंक मच्चाएपछि असई सिंह घुमुवाबाट तानिएका थिए । त्यसपश्चात पर्साको पोखरिया खटाइएका असई सिंह आउनेवित्तिकै तत्कालीन डिएस्पी भीम चौधरीसँग तँतँमम भनेर मुख लागेपछि डिएसपीले उनलाई कारवाही गरी फिर्ता पठाएका थिए । यति मात्रै होइन, उनको राजनीतिक दलका नेताहरुसँग पनि राम्रै हिमचिम रहेको बताइएको छ । असई सिंह जहाँ गएपनि विवादमा तानिएको उनको रेकर्ड नै छ । उनी पावर र पहुँचको आधारमा लामो समयदेखि पर्सा जिल्लामा कार्यरत रहँदै आएका छन् ।

नेपाल नं. १३ गण, हेडक्वाटर पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धिमालसंग बुझ्दा छानबिन चलिरहेको छ , राम्रोसंग छानबिन गर्न भनेको छु , निर्दोष नफसोस, दोसिलाई छोडनु भएन भनेर निर्देशन दिएको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज