बालिकामाथि बलात्कारको अभियोग लागेका इन्स्पेक्टर सिवाकोटी जेल चलान



काठमाडौं । आफ्नै घरमा काम गर्न राखेकी बालिकामाथि बलात्कारको अभियोग लागेका प्रहरी निरीक्षक विदुरप्रसाद सिवाकोटी जेल चलान भएका छन्। जिल्ला अदालत काठमाडौंले उनलाई बुधबार पुर्पक्षका लागि थुनामा पठाएको हो।

काठमाडौंको नागार्जुन नगरपालिका– १ घर भएका सिवाकोटीले पढाउने सर्तमा एक बालिकालाई घरमा राखेका थिए। ती बालिकालाई काठमाडौं महानगरपालिकाले गत २३ जेठमा उद्धार गरेको थियो।

उद्धारपछि बालिकाले आफूमाथि बलात्कार हुँदै आएको बताएकी थिइन्। सोही आधारमा प्रहरीमा जाहेरी परेको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रहेका सिवाकोटीलाई स्वयम्भू वृत्तले पक्राउ गरी अभियोजन प्रक्रिया अघि बढाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज