अपडेट 
आफ्नै काकीलाई लिएर भतिजो फरार, काका बेहाल ! | बाराका डिएसपी न्यौपानेको कार्वाही स्वरुप काज सरुवा | तस्करीका ‘बादशाह’ किशोर र मुना जैसवालको धनुषाबाट तस्करी ! | भ्रष्टाचारको आरोप : छिपहरमाईका अध्यक्ष गुप्ताको विकास बजेटमा अख्तियारको चासो, फर्जी काम गरि भुक्तानी गरिएको ठेक्कामाथि गहन छानविन | महालक्ष्मी बिकास बैंक वीरगंजमा कारोबार गर्दै हुनुहुन्छ भने सावधान ! तपाईकै पैसा नपाउन पनि सक्छ... | इन्स्पेक्टरको संरक्षणमा प्रसौनीभाठ्ठाबाट खुलेआम तस्करी | एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त, शपथग्रहण सोमबार | लोसपाबाट मन्त्री छान्ने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई | सीमलताल दुर्घटना : नारायणीमा मृत भेटिएका साह गणपति डिलक्सको यात्रु भएको पुष्टि | बेहुली भित्र्याएको भोलिपल्टै बेहुलाको मृत्यु |
२०८१ असार २०, बुधबार २३:३५ बजे

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकामा भएकाे १३ बर्षिया बालिकालाई बलात्कार घटनाकाे आराेपित विरुद्ध प्रहरीले बुधबार मुद्दा दर्ता गरेकाे छ । जिल्ला प्रहरी कार्यालय पर्साले बहुदरमाई नगरपालिका वडा नं. ०६ गम्हरीयाका २२ बर्षिय बिशाल साह तुराहा विरुद्ध जबरजस्ती करणी विरुद्ध मुद्दा दर्ता गरेकाे पिडित पक्षले जनाएका छन् ।

असार ०७ गते राति ८ बजेको समयम आराेपितले बालिकालाई बलात्कार गरेकाे भन्दै पिडित पक्षले उजरी दिएका हुन् । पिडितकाे असार १९ गते वीरगंजस्थित नारायणी अस्पतालमा मेडिकल गरिएकाे छ ।

आराेपित तुराहालाई प्रहरीले असार ८ गते नै नियन्त्रणमा लिएपनि असार १८ गते मात्र मुद्दा दर्ता गरेकाे पिडित पक्षले जनाएका छन् । त्यस अघि प्रहरीले उजरी नै लिन मानेका थिएनन् । घटना बारे अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दिपक भारतीले वताए ।

उनले सुरुमा फाेनमा घटना बारे कालिका टाईम्सका सम्पादकलाई वताउन मानेन । प्रवक्ता भारतीले घटना बारे सूचना पाउन जिल्ला प्रहरी कार्यालयमा सम्पादकलाई बाेलाएका थिए । जिल्ला प्रहरी कार्यालय पुग्दा घटना बारे अनुसन्धान भइरहेकाे उनले वताए । मुद्दा दर्ता भयाे कि भएन ? भयाे भने कहिले भयाे ? पिडितकाे मेडिकल कहिले भयाे ? भनेर साेध्दा त्याे अनुसन्धान पक्रिया भएकाे जवाफ दिए ।

पिडितले सुरुमा उजरी लिएर जाँदा प्रहरीले दु:ख दिएकाे वताएका छन् । “महिला सेलको प्रहरीले पिडितसंग हप्काएर कुरा गरेकाे र मेडिकल नगराई नै पठाएकाे पिडित पक्षकाे भनाई छ । पिडित पक्षले ३ जनाले बलात्कार गरेकाे उजरी दिएपनि प्रहरी पछि उजरी सच्याएर एक जना विरुद्धकाे दर्ता गरेकाे हाे ।

प्रहरीले घटना भएकाे भाेली पल्ट नै विशाल सहित दुई आरोपितलाई समातेर अनुसंधान गरेकाे थियाे । प्रहरी स्राेतका अनुसार उनीहरु विरुद्ध अभ्रद व्यहारको मुदा दर्ता गरिएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय