अपडेट 
प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार | नयाँ एसपी आएपछि तस्करीको लाइन बन्द, ब्यापारीले घुस फिर्ता मागेपछि हंगामा | मधेश प्रदेशका निमित्त प्रमुख सचिव चौधरीको घुस आतंकले कर्मचारी हैरान |
२०७८ श्रावण १५, शुक्रबार १०:०६ बजे

धनुषा – धनुषा जिल्ला काे लक्ष्मीनिया गाउँपालिका २ सिनुरजोडाका अन्दाजी ४२ वर्षीय पल्टु रविदास हिरासतको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेका हुन्।

उनी आफ्नै गन्जीको पासो लगाएको अवस्थामा मृत भेटिएको धनुषा जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार आज बिहान साढे ४ बजेतिर रविदास शौचालयको भेन्टिलेसनमा पासो लगाई झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्।

प्रहरीका अनुसार भाइसँगको विवादमा ज्यान मार्ने उद्योग तथा अंगभंग मुद्दामा उनी पक्राउ परेका थिए। धनुषा जिल्ला अदालतले उनलाई २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिए पनि रकम बुझाउन नसक्दा उनी कारागारमै रहन बाध्य भएका थिए। सिन्धुली कारागार पठाउने तयारी भइरहेका बेला उनी हिरासतमै मृत भेटिएको प्रहरीको भनाइ छ।

मृतकका परिवारले भने उनको हत्या गरिएको दाबी गरेका छन्। घटनाको संयुक्त दलित माेर्चा सिरहाले सूक्ष्म अनुसन्धान गर्न माग गरेका छन्। दाेषिलाई हदै सम्म कार्वाहीकाे समेत माग गरेकाे संयुक्त दलित माेर्चा सिरहा संजय महराले थुनुवामा हत्या हुनु संकास्पद रहेकाे न्याय नपाए काडा आन्दोलन गर्ने बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय