अपडेट 
आफ्नै काकीलाई लिएर भतिजो फरार, काका बेहाल ! | बाराका डिएसपी न्यौपानेको कार्वाही स्वरुप काज सरुवा | तस्करीका ‘बादशाह’ किशोर र मुना जैसवालको धनुषाबाट तस्करी ! | भ्रष्टाचारको आरोप : छिपहरमाईका अध्यक्ष गुप्ताको विकास बजेटमा अख्तियारको चासो, फर्जी काम गरि भुक्तानी गरिएको ठेक्कामाथि गहन छानविन | महालक्ष्मी बिकास बैंक वीरगंजमा कारोबार गर्दै हुनुहुन्छ भने सावधान ! तपाईकै पैसा नपाउन पनि सक्छ... | इन्स्पेक्टरको संरक्षणमा प्रसौनीभाठ्ठाबाट खुलेआम तस्करी | एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त, शपथग्रहण सोमबार | लोसपाबाट मन्त्री छान्ने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई | सीमलताल दुर्घटना : नारायणीमा मृत भेटिएका साह गणपति डिलक्सको यात्रु भएको पुष्टि | बेहुली भित्र्याएको भोलिपल्टै बेहुलाको मृत्यु |
२०८१ असार २२, शुक्रबार २०:३४ बजे

वीरगंज – २१ असार । इलाका प्रहरी कार्यालय पोखरियाले आर्थिक नजराना बुझी तस्करीको लाइन खोलेको छ । भर्खरै केही दिन अघिमात्रै इलाका प्रहरी कार्यालय पोखरियाका कार्यभार सम्हालेका प्रहरी निरीक्षक राजन ढकालले तस्करीको लाइन खुल्ला गरेका हुन् ।

नेपाल भारत सीमा क्षेत्रमा पर्ने प्रसौनी भाठ्ठा, धोरे, जानकीटोला, आस्वारी लगायतको नाकाबाट अहिले व्यापक तस्करी भइरहेको छ ।

राति मात्रै नभई दिन दहाडै तस्करहरुले तस्करीको सामान भारतबाट नेपाल भित्र्याई रहेका छन् । मोटरसाइकलमा तस्करीका सामान लोड गरि सीमा क्षेत्रमा खटेका इलाका प्रहरी कार्यालय पोखरियाका टोलीलाई आर्थिक नजराना बुझाई तस्करी गर्ने गरेको बताइएको छ ।

तस्करहरुले किरानाका सामान, हार्डवेयर, कुखुराको चल्ला, कपडा लगायतका सामानहरु तस्करी हुने गरेको छ । इलाका प्रहरी कार्यालय पोखरियाका इन्स्पेक्टर ढकालको नेतृत्वमा खटेका प्रहरी टोलीले सीमा क्षेत्रमा तस्करहरुसँग रकम असुली तस्करी गराई रहेको स्थानीयहरुको आरोप छ ।

इन्स्पेक्टर ढकालले घुमुवा प्रहरी मार्फत तस्करहरुसँग सेटिङ्ग गरेर तस्करीको लाइन खोलेको श्रोतले बताएको छ । नेपाल भारतको मुख्य नाका वीरगंज भन्सारमा तस्करीको लाइन बन्द भएपछि अहिले ग्रामीण भेगबाट तस्करीको लाइन खुलेको छ । वीरगंज क्षेत्रका तस्करहरु अहिले ग्रामीण भेगलाई निशाना बनाएका छन् । उनीहरु अहिले इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक ढकाललाई मात्रै महिनावारी नजराना बुझाएर सहज तरिकाले तस्करीको सामान नेपाल भित्रयाई रहेका छन् ।

अहिले ग्रामीण क्षेत्रका किराना पसलहरुमा तस्करीको सामान छ्यापछ्याप्ती देख्न सकिन्छ । खास गरेर ग्रामीण क्षेत्रका पसलहरुमा नेपालमा उत्पादित खाद्यान्न सामाग्री भन्दा पनि भारतबाट आयातित खाद्यान्न सामाग्री बढि देख्न पाइन्छ । प्रहरी अहिले शान्ति सुरक्षा दिनुभन्दा पनि कसरी बढि भन्दा बढि तस्करबाट पैसा असुल्न सकिन्छ भन्ने मनसायमा तल्लिन भएको देखिन्छ । इन्स्पेक्टर ढकाल ‘ऐनी हाउ, पैसा कमाउ’ भन्ने मनसायले समाजमा शान्ति सुरक्षा दिनुभन्दा पनि सीमा क्षेत्रमा तस्करहरुबाट पैसा असुल्न प्रहरी खटाएको भन्ने त्यहाँ हुने तस्करीबाट सहजै अनुमान लगाउन सकिन्छ । दिउसाे कै समय मै खुल्याम तस्करी भइरहेकाे भिडियाे समेत वीरगंज एक्सप्रेसलाई प्राप्त भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय