
बारा -४ साउन । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी न्याब उपरीक्षक दधिराम न्यौपानेको शुक्रबार काज सरुवा भएको छ । शुक्रबार प्रहरी प्रधान कार्यालयले प्रहरी नायव उपरीक्षक न्यौपानेलाई प्रहरी शिक्षालय काठमाडौमा काज सरुवा गरेको छ ।
प्रहरी स्रोतका अनुसार बारा बस्दा प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जिल्लाका विभिन्न प्रहरी बिटका ईन्चार्जहरु सङ्ग मस्कवारी लिने र जिल्लामा छलफल गर्न आउने पिडक र पीडितलाई छुट्टाछुट्टै आफ्नोे कर्यकक्षमा बोलाएर बार्गेनिङ गरी टुङ्गो लगाउदै आएका थिए। सोहि सोरुप ७७ वाटै जिल्ला भरिमा मात्र जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेको काज सरुवाले पुष्टी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काका अनुसार न्यौपानेको सरुवा प्रहरी प्रधान कार्यालय शिक्षालयमा काज सरुवा भएकोहो। न्यौपानेको ठाउँ बारामा कुन डिएसपी आउने भने टुंगोनलागेको प्रहरी उपरीक्षक खड्काले बताए।