अपडेट 
वीरगंजमा न्यूज २४ टेलिभिजन प्रादेशिक कार्यालय संचालन, यस टेलिभिजन आवाजविहीनहरुको आवाज बन्न सहोस् : मुख्यमन्त्री सिंह | संगठनको आडमा मिर्मिरे लघुवित्त कर्मचारीहरुको गुण्डागर्दी, ‘नेरुडे मिर्मिरे’ लघुवित्तमा भाँडभैलो ! | नेपाली कांग्रस पर्साकाे विकाश शाखा प्रमुखमा युवा नेता नविन सिंह | व्यापारीहरुमा आतँक फैलाएको गुनासो बढेपछि सरुवा गरिएका अधिकृत भण्डारी शक्तिकेन्द्र धाउँदै | डिआइजी पोखरेल संकटमा : पैसा उठाउने बिचौलिया थुनामा, घुमुवाहरू हेडक्वार्टर तानिए | कृष्णाष्टमीमा बोलाईएको प्रिति पासवान र निरुता साहको कार्यक्रम रद्द | मुख्यमन्त्रीको छड्के जाँचमा अस्पतालमा चिकित्सक भेटिएनन् | जटही नाकामा प्रहरीकै संलग्नतामा खुलेआम तस्करी ! | डा. हुसेनलाई प्रहरीले पक्राउ गरेको विषयमा अस्पताललाई बद्नाम गर्न खोजियो : न्यूरो अस्पताल | अन्यायपूर्वक अवकाश दिन लागिएको भन्दै पाँच एसएसपीसहित २१ प्रहरी अधिकृत सर्वोच्चमा |
२०८१ श्रावण १६, बुधबार २२:४५ बजे

काठमाडौं । सर्बोच्च अदालतले नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) को तलब बढाउन परमादेश दिएको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठ र शारङगा सुवेदीको इजलाशले बुधबार परमादेश जारी गरेको हो ।

सईबाट बरिष्ठ सईमा बढुवा हुँदा तलब घटेपछि उनीहरुले रिट हालेका थिए ।

वरिष्ठ सईहरु विनय बहादुर चन्द, रामसिंह बोहरा, विनोद बहादुर डिसी, रामबहादुर कार्की, कृष्ण कुमार यादब, चन्द्रकान्त जोगी, चन्द्र शेखर वली क्षेत्री, विश्वनाथ अधिकारी, राजु रिजाल, ईश्वर बहादुर थापा, अरुण कुमार सिंह, यज्ञराज शर्मा, राजु थापा, सूर्य भान चौधरीलगायतले रिट दायर गरेका थिए ।

उनीहरुले बढुवा भएकै बेलादेखिको तबल बृद्धिको माग गरी रिट दायर गरेकोमा सर्बोच्चले मागअनुसार हुने फैसला गरेको हो ।

सइले भन्दा वरिष्ठ सइले २ सय ६२ रुपैयाँ कम तलब पाउने व्यवस्था भएपछि उनीहरु अदालत गएका थिए ।

उक्त मुद्दामा प्रहरीकै पूर्वएसएसपी गणेश रेग्मीले बहस गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय