वीरगंज । तस्करी काण्डमा पटक पटक बिवाद र संगठनको निति नियम बिपरित काम गरिरहेका सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई एसपीले नै संरक्षण गरिरहेको पोल खुलेको छ ।
सुन्दा आश्चर्य लाग्ला– सुरक्षाकर्मीका अधिकृत नै तस्कर ! तर आश्चर्य नमाने हुन्छ– सशस्त्र प्रहरीका इन्स्पेक्टर प्रकाश भुजेलले अबैध कारोबारीहरुसँग रकम असुल्दै कमाउ धन्दामा लागेको समाचार प्राप्त भएको छ ।
यस नाकाबाट दर्जनभन्दा बढी तस्करहरुलाई लाईन दिएर तस्करीमा संलग्न स्थानीय भाषामा प्रयोग हुने ‘ब्ल्याकी’हरुसँग हाल उनले असुली धन्दा चलाउँदै आएका छन् ।
सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रकाश भुजेलको मिलेमतोमा तस्करहरुले प्रसौनीभाठ्ठा सिमानाका हुँदै धान, गहुँलगायतका खाद्यान्नका परिकार, किराना सामान,काजु, रेडबुल, चिनी, चामल, मैदा, पनिर मसाला, चकलेट, बच्चा पिउने पावडर दुध, होर्लिस, बिस्कुट, कुरमुरे, पास्ता, आलु–प्याज, फलफूल, तरकारी, माछा, प्रतिबन्धित औषधि, पानमसाला, राजनिवास रजनीगन्धा, पराग, सुर्तीजन्य पदार्थ , लुगा धुने डिटर्जेन्ट, देखि कुखुराको चल्ला र त्यारी ब्वाइलर कुखुराको तस्करी मौलाएको छ ।
यस्तै, थानको लत्ताकपडा तथा तयारी पोसाक,जुत्ता–चप्पल, मोबाईल,मोबाईल पार्टस, कस्मेटिक्स, भाँडाकुँडाका सामान, इलेक्ट्रिक पार्टस्, मोबाईल पार्टस्, हार्डवेयर, मेसिनरी पार्टस्, पानी तान्ने मोटर, मलखाद तथा केमिकल फर्टिलाइजर लगायतको समान पनि नेपाल तर्फ तस्करी भइरहेको छ ।
नेपालबाट स्थानीय घरेलु मदिरा र कम गुणस्तर भएको लिची, कस्तुरी, सोफीलगायतका रक्सी, भारततर्फ तस्करी भइरहेको छ ।
प्रसौनीभाठा नाकाबाट छालाको पनि तस्करी भइरहेको छ । तस्करहरुले नेपालका विभिन्न ठाउँबाट खरिद गरेर मिनी ट्रक पिकअपमा लोड गरि प्रसौनीभाठा गाउँमा झारेर थोरै थोरै गरेर भारततर्फ कटाउने गरेको छन ।
जिल्लाका हाइप्रोफाइल नेता र सुरक्षा सञ्जालसँग निकट रहेका केही कुख्यात तस्करहरुले राँगाभैंसी तस्करी गर्न ठूलो लाईन पाएका छन । अवैध राँगाभैसीको लस्कर प्रसौनीभाठा बिओपि पछाडीको खोला छेउबाट नेपालतर्फ भित्रँदा समेत प्रहरीले कुनै चासो देखाउदैन झन सहजिकरण गर्ने गरेको स्थानीय बताउछन ।
प्रसौनीभाठा चौकमा १/२ जना तस्करहरुले आखा छल्न देखावटी रूपमा पसल नै संचालन गरेर राती-राती बोर्डर कटाएर तस्करीका समान भन्डारण गर्ने र दिनको समयमा पर्साको विभिन्न ठाउमा पठाउने गरेका छन ।
यतिमात्र हैन, यसनाकाबाट प्रहरी प्रशासनकै मिलोमतोमा लागूऔषधको समेत कारोबार भइरहेको समाचार स्रोतको दाबी छ ।
यस्तै, सिमामा सशस्त्र प्रहरीले तस्करहरुलाई सहजीकरण गरिदिएपछि दिन भर तस्करिका समान प्रसौनीभाठ्ठा गाउँमा भन्डारण गरेर राती राती पिकअपमा लोड गरि नेपालका विभिन्न ठाउमा पठाउने गरेका छन ।
यस्तै, नेपालको तुलनामा भारतीय पेय पदार्थ सस्तो भएकोले भारतीय कोक, फेन्टा, स्प्राइट, मैङ्गो जुस लगायतका पेय पदार्थ तस्करीको माध्यमबाट नेपाल भित्रिंदै छन्।
प्रसौनीभाठ्ठा सीमानाकाबाट प्रहरी प्रशासनले तस्करीको लागि मौखिक लाइसेन्स बाडे् झै लाईन क्लियर गरिदिएपछि तस्करहरुले खुलेआम दिनदहाडै् भन्सार छली अवैध रूपमा भारतीय समानहरु तस्करी गरी पर्साका ग्रामिण बजार पोखरिया, केहुनिया, महुवन बजार, बिशरामपुर, डकैला, निचुटा, देउरिया, बढनिहार, रंगपुर, परवानीपुर र जितपुर लगायत ठाउँहरुमा सञ्चालन रहेका पसलहरूमा दिने गरेका छन्।
सशस्त्र प्रहरीका इन्स्पेक्टर भुजेल एक विवादास्पद छवि भएका तर सबैमाझ परिचित व्यक्ति हुन् । उनी विगत तीन-चार वर्षदेखि पर्सामा कार्यरत छन् । अहिले उनी कमाउ अड्डा भनेर चिनिने जिल्लाको बोर्डर आउट पोष्ट (बीओपी) प्रसौनीभाठामा कार्यरत छन् । यसअघि पनि उनी बिओपी प्रसौनीभाठ्ठा भन्दा ३ किलोमिटर पश्चिम् सबैठवा लहावरथकरी बिओपीमा २० महिना जति लामो समय कमान्ड गरिसकेका छन । उनलाइ यहाको तस्करी बारे चपाचपा नाका नाका तस्करीको बारेमा हरेक कुरोमा जानकार भएकै कारण सहज रुपमा तस्करी गराएर चानीकाटिरहेको जानकारहरु बताउछन ।
तस्करीको भिडियो प्रमाण सहित समाचार प्रकाशनमा आएपछि भुजेललाई एकदिन दिनभरी गणमा तानेर राती सचेत गराएर कार्वाही नगरि पुनह त्यही बिओपीमा फिर्ता पठाइएको थियो। अर्को दिन पनि तस्करीको सुचना उनले तस्कर संग चुहाएको यस्तो सम्बेदन सिल कुरामा पनि एसपीले कार्वाही नगरि समान्य सोधपुछ गरेर उनमुक्ती दिएका थिए । इन्स्पेक्टरको तस्करसंग उठबस र बलियो सेटिङ रहेको कुरा यो घाटनाले प्रमाणित गरेको छ । इन्स्पेक्टर भुजेलको तस्कर संग यस्तो सम्बन्ध छ कि जस्तो सुकै सूचना होस या संगठनका कुनै कुरा उनले संगठनको नीति बिपरित सूचना चुहाउने गरेको प्रमाणसहित पुष्ठि हुदा समेत एसपीले कुनै कार्वाही नगरि उनलाई झन सहयोग गरिरहेका छन । यो कुरा सशस्त्र मधेश प्रदेश बाहिनी बर्दिबासका डिआईजी कालिदास धौवजीलाई समेत जानकारी भए पनि कारबाही गर्न सकेका छैनन् ।
बोर्डर आउट पोष्ट (बीओपी) प्रसौनीभाठाका इन्स्पेक्टर भुजेलले नेपाल नं. १३ गण, हेडक्वाटर पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धिमाल र सशस्त्र मधेस प्रदेश बाहिनीका डिआईजी कालिदास धौवजीलाई समेत बुझाउनुपर्ने भन्दै असुली गरिरहेको बताइएको छ ।
त्यसमा पनि देशको तलव खाएर बसेको सुरक्षा निकाय सशस्त्र प्रहरी नै यसमा सामेल भएपछि तस्करी अझ बढेको हो ।
तस्करको समूहलाई साथ दिएर कुस्त कमाई गरिरहेको इन्स्पेक्टर भुजेल तस्करी चलाएको विवादमा पटकपटक मुछिएका छन्। तर, उनीमाथि सशस्त्रको गण, बाहिनी र मुख्यालयले अहिलेसम्म छानबिन गरेको छैन। न त छानबिन एवं अनुसन्धानको प्रक्रिया नै अघि बढाएको छ। भुजेलमाथि छानबिन किन भइरहेको छैन भनेर प्रश्न उठेको छ ।
नेपाल नं. १३ गण, हेडक्वाटर पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धिमालसंग यस विषयमा बुझ्दा गणबाट टोली खटेको छ , त्यो एरियालाई विशेष प्राथमिकतामा राखेर निगरानी गरिरहेका छौ । प्रमाणसहित फेला पर्यो भने कार्वाही गर्छौ, एसपी धिमालले बताए ।