नेपाल प्रहरीले भन्यो – सामाजिक सञ्जालमा रोजगारी दिने बहानामा ठगी हुँदैछ, सचेत रहनू



काठमाडौं । नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा विभिन्न विदेशी आइडिहरुबाट नेपालमा रहेका सरकारी तथा निजी संघ, संस्थाहरुको नाम र लोगो प्रयोग गरी रोजगारी दिने बहानामा ठगी भइरहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।

आइतबार राति सामाजिक सञ्जालमार्फत प्रहरीले झुट्ठा पोष्टहरुबाट सावधान रहन सम्पूर्ण नागरिकलाई आग्रह गरेको हो । प्रहरीले यस किसिमका झुट्ठा पोस्टहरूमार्फत ठगी गर्ने गिरोह सक्रिय रहेको जनाएको छ ।

नेपाल प्रहरीले जनाए अनुसार, ठगहरुले सरकारी तथा निजी संघ, संस्थाहरुको नाम र लोगोको दुरुपयोग गरी विभिन्न सामाजिक सञ्जालहरुमा आकर्षक रोजगारीका विज्ञापनहरू पोस्ट गर्ने गरेका छन् ।

यी विज्ञापनहरूमा रोजगारीको आशामा धेरै व्यक्तिहरू ठगीको शिकार भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


ताजा समाचार

सम्बन्धित खबर