मधेशी कोटामा गैर–मधेशी अधिकारी बने ईन्सपेक्टर, आयोगमा उजुरी



वीरगंज । झुठा विवरण तथा किर्ते कागजात पेश गरी गैर मधेशी नेपाल प्रहरीको प्रहरी निरिक्षक (ईन्सपेक्टर) पदमा सिफारिस भएको प्रमाण फेला परेको छ ।

नेपाल प्रहरीको प्रहरी निरिक्षक पदका लागि विज्ञापन नम्बर (१) २०८०/८१० मिति २०८०/०७/०३ गते ९६ जना प्रहरी निरिक्षकका (जनपद) लागि विभिन्न समावेसी कोटामा (समूह) प्रहरी निरिक्षक (जनपद) पदमा विज्ञापन आह्वान गरिएको  थियो । जस मध्ये  खुल्ला तर्फ जना अमर अशक्त प्रहरी प्ररिवार २ जना,समावेशी समूह तर्फ महिला ९ जना, आदिवासी जनजाति १२ जना, मधेशी १३ जना दलित ६जना पिछडिएको क्षेत्र २जना गरी जम्मा ९६ जनाको माग पद संख्या थियो।

वास्तविक रुपमा मधेशी समावेसी समूह  तर्फको एक जनालाई बन्चित गराउदै  सो समावेसी समूहमा गैर मधेशीले किर्ते कागजातहरु पेश गरी  सो पदकालागि सिफारिस तथा नियुक्त भए । योग्यता अनुसार उत्तीर्ण भई नियुक्तिको लागि सिफारिस भएका मुख्य र वैकल्पिक सूचीमा रहेका उम्मेदवारहरु अन्तिम नतीजा प्रकाशित  गर्दै  मिति २०८१/०४/०७ गते  सोमबार बिहान ११ः०० बजे नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रसाशन शाखा, नक्साल काठमांड़ौमा उपस्थित हुनको लागि आह्वान गरियो  र सोही दिन प्रहरी निरिक्षक पदको दर्जन्य चिन्ह (फुल्ली) लगाइयो।

सिरहाको साबिक गाउँ विकास समिति विष्णुपुरकट्टी वडा नम्बर-४ हाल धनगढीमाई नगरपालिका वडा नम्बर १३ बस्ने लक्ष्मीनाथ अधिकारीको नाती खडानन्द अधिकारीको छोरा  ईश्वरले झुठा विवरण तथा  किर्ते कागजातहरु पेश गरी  मधेशी समूह तर्फको प्रमाण पत्र बनाएको प्रमाणहरु  फेला परेको हो।

ईश्वर अधिकारीले मिति २०७९/८/२९ गते  धनगढीमाई नगरपालिकाको वडा नम्बर १३को कार्यालयमा मधेसी प्राणित सिफारिसका लागि आफ्नै हस्तलिखित निवेदन दिएको देखिन्छ ।

सोही निवेदनका आधारमा वडा कार्यालयले मिति २०७९/८/२९ ईलाका प्रसाशन कार्यालय लहान, सिरहालाई सिफारिस लेखियो । जसमा प्रस्तुत विषय सन्दर्भ निवेदकको माग बमोजीम जिल्ला सिरहा साबिक गा वि स विष्णुपुरकट्टी वडा नम्बर ४हाल धनगढीमाई नगरपालिका वडा नम्बर १३ बस्ने लक्ष्मीनाथ  अधिकारीको नाती खडान्द अधिकारीको छोरा खडान्द अधिकारी नेपाली नागरिकताको प्रमाण पत्र नम्बर १५२०२१/१०७१३ जारी मिति २०६९/०७/१६ सिरहा मधेशी भएको ब्योहोरा निजको फोटो समेत प्रमाणित गराई सिरहा गरिएको व्यहोरा अनुरोध छ भन्दै वडा अध्यक्ष सूर्यमान तामांगले फोटो  र सिफारिसमा हस्ताक्षर गरी दिएको यो प्रमाण हेर्नुस होस वडाले दिएको सिफारिस पत्रको फोटो |

सोही सिफारिस पत्र सहित ईश्वर अधिकारीले मिति २०७९/०९/१गते  ईलाका प्रशासन कार्यालयमा मधेशी प्रमाणित गरी प्रमाण पत्रको आफ्नै हस्तलिखित निवेदनमा उपरोक्त सम्बन्धमा निवेदन लेखी पेश गर्नुको कारण  यो छ की। म जिल्ला सिराहा धनगढ़ीमाई नगरपालिका वडा नम्बर १३ बस्ने लक्ष्मीनाथ अधिकारीको नाती खडानन्द अधिकारीको छोरा ना. प्र.न. १५२०२१/१०७१३ भएको  ईश्वर अधिकारीलाई मधेशी प्रमाण पत्र आवश्यक पारेको होनाले मधेसी प्रमाणित कागजात बनाई दिन हुन् श्री धनगढ़ीमाई नगरपालिका १३ नंबर वडा कार्यालयको सिफारिस पत्र समेत यसैसाथ संलग्न रखी पेश गरेको  छु। श्रीमानको जो आधेश  निवेक ईश्वर अधिकारीको हस्ताक्षर सहितको यो निवेदन पत्र हेर्नु होस ।

सोही निवेदन पत्र र वडाको सिफारिसको आधारमा ईलाका प्रसाशन कार्यालयले मधेशी प्रमाण पत्र  बनाई दिएको देखिन्छ। जसमा ईलाका प्रशासन कार्यालयले ईश्वर अधिकारी कुन समुदाय र जात भित्रको मधेशी हुन खुलाउन सकेको  देखिदैनन्।

मधेशी प्रमाण पत्रमा वडा कार्यालयको सिफारिस पत्रको संख्या ०७९/०८० र चलानी  नम्बर ६०५ मिति २०७९/२९ को सिफारिस पत्र साथ निवेदन दिनु भएकोमा पेश भएको  कागज प्रमाणहरुको आधारमा ईश्वर अधिकारी मधेशी समुदायको व्यक्ति भएको  व्यहोरा प्रमाणित गरिएको छ। अर्जुन कुमार मण्डल शाखा अधिकृतले फोटोमा सहित हस्ताक्षर गरी  प्रमाण पत्र दियो तर उनी मधेशी समूह तर्फको कुन समुदाय र जात भित्रको अधिकारी थर भएको  व्यक्ति मधेशी  हो भन्ने खुलाउन सकेको  छैन्। मधेशी समूह भित्र सुचिकृत भएका  जातहरु मध्ये यादव  समुदायले मात्र अधिकारी  लेखाउन पाउँने गरेको  छ । तर उनी न यादव समुदायको नत चौधरी थारू समुदाय भित्रको अधिकारी थर हो। उनी क्षेत्री बाहुन तर्फको अधिकारी हो भन्ने उनका गाउँलेहरु बताउँछन्।

स्थानीयका अनुसार  उनका हजुर बुवा लक्ष्मीनाथ अधिकारीको बिरताबाला थिए। जमीनदार हुनुहुन्थ्यो उनकै नामबाट  गाउँको लक्ष्मीपुर बेंगाडाबर नामकरण भएको  हो।

यता,  धनगढ़ीमाई नगरपाकीका वडा नम्बर १३का वडा अध्यक्ष सूर्यमान तामांगका अनुसार सिफारिसमा आफ्नै हस्ताक्षर भए पनि अधिकारी मधेशी हो की होईन आफुलाई  यकीन नभएको बताए। आफुलाई  पनि  झुक्याएर सिफारिस लगिएको हुन सकेको आफुले  उनले दिएको निवेदन र प्रतिलिपिमा पनि  हस्ताक्षर नगरेको बताए तर ईलाका प्रशासन कार्यालयमा लगिएको सिफिरीसमा आफ्नो हस्ताक्षर रहेको स्वीकार गरे |

उता ईलाका प्रसाशन कार्यालय लहानका प्रमुख  लीला कान्त पौड़ेलका अनुसार सिफारिसमा त्रुटिहरु  देखियो जसले प्रमाण पत्रमा प्रमाणित गर्ने अधिकृत शाखा  अधिकृतको त्रुटि हुन सक्ने बताए । यसरी झुक्याएर झुठा विवरण पेश गरेर लिएको प्रमाण पत्र उपर यस कार्यालयमा उजूरी पर्यो भने  उनी उपर कानूनी कारबाही हुने बताए।

ईश्वर अधिकारी २०७३ सालमा नेपाल प्रहरी प्रहरी सहायक निरिक्षक (असई) पदमा नियुक्ति भएको व्यक्ति हुन। उनको तीन पुस्ते प्रहरी प्रधान कार्यालय सँग छ। भर्ना छनौट समितिले उनलाई छनौट गर्दा उनको कागजातहरु  राम्रो सँग  किन देखिएन। उनले पेश  गरेको  मधेशी प्रमाण पत्रमा त्रुटि नै  त्रुटि र उनी जात र समुदाय  भित्रको मधेशी  हो भन्ने यकीन  नहुँदै  सम्बन्धित निकायको ध्यान यस तर्फ किन गएन। के अब लोकसेवा आयोगमा पनि घुसखोरी हुन थालेको हो। यसले घटनाले यही पुष्टि गर्छन्।

उनको नागरिकता प्रमाण पत्रमा बवा खडानन्द अधिकारी, आमाको बोधमाया अधिकारी नेपाली हुन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


ताजा समाचार

सम्बन्धित खबर