वीरगंज । मोरङस्थित नेपाल-भारतको सीमा नाका जोगबनीबाट एक जना बंगलादेशी नागरिक फर्काइएको छ।
मंगलबार दिउँसो सवा १ बजे विराटनगर महानगरपालिका वडा नम्बर १५ स्थित १ नम्बर ढाटबाट प्रवेश गर्न खोजेका बंगलादेशी नागरिकलाई फर्काइएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले जानकारी दिए।
बंगलादेशी नागरिकहरू प्रवेश गर्नसक्ने भन्दै सीमामा प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा बढाएको छ।
सशस्त्र प्रहरी बलले फौज समेत बढाएको छ।
प्रतिक्रिया!