सालको गोलिया लोड रहेको ४ साइकल बरामद



वीरगंज, १८ असाेज । डिभिजन बन कार्यालय पर्साले गएराती चार थान सालको गोलिया सहित ४ वटा साईकल बरामद गरेकाे छ ।

बिशेष सुचनाको आधारमा सब डिभिजन बन कार्याल सबैयाबाट गएको टोलीले राती करिब १ बजे झाँडीमा लुकी काठ तस्करहरुको प्रतिक्षा गरिरहेको अवस्थामा २९.६४ क्युफिट काठको गोलिया बरामद गरेको रेञ्जर भुपाल रोकायाले जानकारी दिए

साइकलमा लोड गरि काठ ल्याउँदै गरेको अवस्थामा काठ तस्करहरु बन गस्ती टोलीलाई देख्न साथ काठ र साईकल छोडि फरार भएको सबैया साझेदारी बनका रेञ्जर रोकायाले बताए ।

दुई चरणमा बिभाजन भई काठ तस्करहरु समात्ने योजनामा रहेका बन गस्ती टोली भेडाहा खोलाबाट बेलवातर्फ जाँदैँ गरेको दुई थान काठ र मिलन चोकबाट बेलवातर्फ जाँदैँ गरेको दुई थान गरी ४ थान काठ बरामद गरेको डिभिजन बन कार्यालय पर्साले जनाएको छ ।

बरामद काठलाई सबैया साझेदारी बनको प्राङ्गनमा राखिएको र काठ तस्करहरुको खोजी कार्य भईरहेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज