बिरन्चीबर्वा मेला सुरु, धाेबिन चरा उडाएर उद्घाटन



वीरगंज । पर्साको कालिकामाई गाउँपालिकाको वडा नम्बर ५ बिरन्चीवर्वामा लाग्ने ऐतिहासिक मेला सुरु भएकाे छ । प्रत्येक बर्ष बिजयादशमीकाे दिन देखि सुरु हुने मेलाकाे शनिबार एक भव्य कार्यक्रमका बिच पूर्व मन्त्री एवम् प्रदेश सभा सदस्य सिंगासन साह कलवारले उदघाटन गरेका हुन् ।

बिजयादशमीको दिनदेखी पुर्णिमाको दिन सम्म लाग्ने मेलाको पहिलाे दिन प्रदेश सभा सदस्य कलवारले धोबिनी चरा उडाई मेलाकाे उद्घाटन गरेका थिए । जसलाई निलकण्ड पनि भन्ने गरिन्छ ।

साे अवसरमा कालिकामाई गाउँपालिकाका अध्यक्ष बशिष्ट कुमार गुप्ता, वडाध्यक्ष जयनारायण प्रसदा कुर्मी, कार्यपालिका सदस्य हरिओम साह कलवार लगायतकाे पनि उपस्थिती रहेकाे थियाे ।

बाजागाजा, जिप, ट्रेक्टर, हाथी, घोडा सहित हजारौको संख्यामा निस्केको जुलुस पुरै वडा परिक्रमा गरी बिरन्चीवर्वाको पुर्ब पटिकाे स्थानप पुगेर हाथीमा सवार प्रदेश सांसद कलवारले धोबिन चरा उडाई मेलाकाे उद्घाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज