स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार मनोज पटेल सम्मानित



वीरगंज । स्वार्गिय नरेश सर्राफको दोस्रो स्मृति सभा एवं पत्रकारिता पुरस्कार वितरण कार्यक्रम आज वीरगंजमा सम्पन्न भएको छ ।

 

समाजवादी प्रेस संगठन पर्साको आयोजनामा सम्पन्न भएको कार्यक्रममा स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कारबाट नेपाल पोष्ट डेलीका सम्पादक मनोज पटेललाई सम्मानित गरिएको छ ।

कार्यक्रमका प्रमुख अथिती पूर्व प्रधानमन्त्री एवं नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले सम्पादक पटेललाई दोसल्ला ओढाएर सम्मान पत्र तथा पुरस्कार राशी रु २१ हजारको चेक सहित सम्मानित गर्नु भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिती समेत रहेका पूर्व प्रधाममन्त्री नेपालले पत्रकारलाई सहि बिषय उठान गर्दा अनेकन किसिमका समस्या सृजना हुने भएपनि पत्रकारले निर्धक्क भएर कलम चलाउने पर्ने कुरामा जोड दिनु भयो । उहाले पत्रकारिता क्षेत्रमा निकै चुनौती रहेको चर्चा गर्दै कसैले पत्रकारको कलमलाई रोक्ने प्रयास गर्यो भने त्यो निकुशता हुने बताउनु भयो ।

अध्यक्ष नेपालले हालको सरकारको पालामा भ्रष्टाचार बेथिती तथा विकास निर्माण कामको अनुगमन निकै फितलो रहेको कुरामा जोड दिनुभयो ।

समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय अध्यक्ष विश्वमणी सुवेदीले पत्रकार स्व. नरेश सर्राफको निधनले सिंगो प्रेस जगतमा ठूलो क्षती पुगेको बताउनु भयो । नेपाल पत्रकार महासंघको आउँदो निर्वाचनको सन्दर्भमा बोल्दै अध्यक्ष सुवेदी सहमतीको माध्यले साझा नेतृत्व चयन गर्नु पर्नेमा जोड दिनु भयो ।

समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संविधान सभा सदस्य रामचन्द्र साह, रामचन्द्र प्यासी, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, मधेश प्रदेशका महासचिव श्याम बन्जारा, पर्सा जिल्ला उपाध्यक्ष युवराज खड्का, नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य मनोज चौधरी, ,रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साह, समाजवादी प्रेस संगठनका केन्द्रिय सचिव बृजलाल पासवान, प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहान, प्रेस चौतारी पर्साका अध्यक्ष तुलसी भण्डारी, प्रेस सेण्टरका केन्द्रिय सदस्य निरज पिठाकोटे, पर्साका अध्यक्ष दिपक गौतम, लगायतले मन्तव्य गर्नु भएको थियो ।

रेडियो वीरगंज परिसरमा भएको कार्यक्रमको संचालन समाजवादी प्रेस संगठन नेपाल पर्साका सह–सचिव श्याम सर्राफले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज





थप खबर