अवकाश प्राप्त प्रधानाध्यापक मियाँको सम्मानको साथ विदाई  तथा नवनियुक्त प्र.अ यादवलाई स्वागत



वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका २ स्थित रहेको श्री नवगावा मध्यमिक विद्यालय चरगाँहाका अवकाशप्राप्त प्रधानाध्यापक अमिन मियाँलाई सम्मानका साथ विदाई र नयाँ प्र.अ. गगनदेव यादवलाई भब्य स्वागत गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिद्वारा सोमबार आयोजित एक समारोहका विच प्रधानाध्यापक मियाँलाई फुलमाला अबिर लगाई सम्मान पत्र, दोसल्ला र मायाको चिनो प्रदान गरि विदाई गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पहलाद साह कानुको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि छिपहरमाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत उदयशंकर चौधरी र विशिष्ट अतिथि गाउँपालिका शिक्षा शाखा प्रमुख मेघराज रौनियार, वडा अध्यक्ष महेन्द्र साह कलवारले प्रमाणपत्र, मायाको चिनो तथा दोसल्ला ओढाएर सम्मान गरे ।

कार्यक्रममा,महादेव ने.रा.प्रा.वि. मिर्जापुरका प्रधानाध्यापक बिरेन्द्र यादव, ने.रा.प्रा.वि. बघमरीका प्रधानाध्यापक बिरबहदुर यादव, ने.रा.प्रा.वि. भेडिहर्वाका प्रधानाध्यापक, कन्या प्रा.वि. भेडिहर्वाका प्रधानाध्यापक सत्रोहन साह, ने.रा.प्रा.वि. छोटकी टिहुकीका प्रधानाध्यापक सत्रोहन साह, ने.रा.प्रा.वि. बडकी टिहुकीका प्रधानाध्यापक कमलेश महतो, ने.रा.प्रा.वि. बुढगाईका प्रधानाध्यापक अवधेश दास, ने.रा.प्रा.वि. झलमहियाका प्रधानाध्यापक इन्ताज मियाँ, ने.रा.प्रा.वि.. जयमंगलापुरका प्रधानाध्यापक धर्मेन्द्र सिंह राजपुत, मंगल मा. वि. भिस्वाका प्रधानाध्यापक दिनेश प्रसाद कुर्मी, ने.रा.प्रा.वि. बंजारीका प्रधानाध्यापक चित्र बिक्रम साह, ने.रा.प्रा.वि. तुल्सिबार्वाका प्रधानाध्यापक प्रभु गिरि, शिक्षक मनोज पटेल,छोटेलाल साह, नवगावा मा.वि. व्यवस्थापन समितिका राकेश उपाध्याय, सुरेश प्रसाद साह कानु, शिक्षक ,शिक्षिका, बिद्यार्थी, अभिभावक जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

प्रधानाध्यापक मियाँलाई विद्यार्थी, शिक्षक, शिक्षिका, अभिभावक, विद्यालय व्यवस्थापन समितिको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।

छिपहरमाई गाउँपालिका २ चरगाँहा घर भएका मियाँ विद्यालयमा ३३ वर्ष देखी कार्यरत थिए भने ९ बर्षदेखि प्रधानाध्यापकको जिम्मेवारीमा थिए । उनले उमेरहदका कारण अनिवार्य अवकाश पाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज