जितपुर सिमरा ११ का वडाअध्यक्ष बिन्दालाल साहविरुद्ध पक्राउ पुर्जी जारी



वीरगंज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–११ का वडा अध्यक्ष बिन्दालाल साह विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित अध्यक्ष साहलाई पक्राउ गरेर उपस्थित गराउन जिल्ला अदालत बाराले प्रहरीलाई पत्र पठाएको हो ।

मंसिर १७ मा अदालतले जिल्ला प्रहरी कार्यालय बारालाई पत्र लेखेर वडा अध्यक्ष साहलाई पक्राउ गरेर उपस्थित गराउन भनेको छ ।

चेक अनादर सम्बन्धी कसुरमा आरोपी वडा अध्यक्षलाई पक्राउ गर्न भनिएको जिल्ला अदालत बाराले जानकारी दिएको छ । वडा अध्यक्ष साहबिरुद्द सोही वडाका चेतनारायण मुखिया बिनले दर्ता गराएको चेक अनादरको मुद्दामा अदालतले मंसिर १४ गते वडा अध्यक्ष साहलाई पक्राउ गर्न आदेश जारी गरेको थियो । साभार : यात्रा डेली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज





थप खबर