२०७८ श्रावण १५, शुक्रबार ११:३६ बजे

पर्सा, १५ श्रावण पर्सा जिल्लामा मात्र नभइ प्रदेश नम्बर २ कै चर्चित गाइनो चिकित्सक लक्ष्मी थापा र सर्जन डा. मनोज गुप्ता द्वारा वीरगन्जको पानी ट्यान्किमा संचालित प्रभु अस्पतालमा भगवान पशुपतिनाथको मुर्ती स्थापना गरि बिधिवत रुपमा उदघाटन गरिएको छ ।

श्रावण महिनाको पावन अवसरमा खास गरि एक महिना लगातार भगवान भोलेनाथको पुजापाठ गर्ने महिना रुपमा पनि लिने गरेको कारण यहि महिनामा भगवान पशुपतिनाथको मुर्ती स्थापना गरिएको हो ।
प्रभु अस्पतालका संचालक लक्ष्मी थापाले अस्पताल सन्चालन गर्नुको मुख्य उदेश्य मानवता सेवाको भावना रहेको बताएकी छन ।

अस्पतालको माध्यमले पैसा कमाउने उदेश्य नरहेको ठोकुवा गर्दै अस्पतालको माध्यमले मानव सेवा गर्ने गरेको बताइन । उहाले यसमा धनी गरिब देखिदैन सबैको सम्मान रुपमा सेवाको भावनाले उपचार गर्ने गरेको बताइन । अस्पतालमा उपचार गराउने गरिब जनतालाइ समेत निशुल्क उपचार गर्ने गरेको संचालक लक्ष्मी थापाले बताइन । प्रभु अस्पतालमा भगवान पशुपतिनाथको मुर्ती स्थापना गरि पूजा पाठ समेत सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय