जनकपुर बोल्ट्सले एनपीएल जितेको खुशीयालीमा सखुवा प्रसौनीमा सार्वजनिक विदा



वीरगंज । नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्टस्‌ले जितेपछि पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आइतबार पालिकामा सार्वजनिक बिदा दिएको छ ।

मधेस प्रदेशको प्रतिनिधित्व गर्दै बोल्ट्सले उपाधि जितेको भन्दै गाउँपालिकाले स्थानीय बिदा दिएको हो ।

जनकपुरले एनपीएलमा ऐतिहासिक जित निकालेकाले शनिबार बसेको कार्यपालिका बैठकको निर्णयअनुसार एनपीएलको उपाधि जितेको खुशियालीमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष जसवन्त यादवले जानकारी दिए ।

आइतबार सबै वडा कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, सबै स्वास्थ्यचौकीमा अत्यावश्यकबाहेक सबैमा स्थानीय बिदा दिइएको सूचनामार्फत् जानकारी दिएको छ

टीयू क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर बोल्टस्‌ले पहिलो एनपीएल उपाधि जितेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज