छिपहरमाई संघर्ष समितिकाे गाउँपालिकासंग २६ बुंदे माग, आन्दाेलन गर्ने चेतावनी



वीरगंज । छिपहरमाई संघर्ष समितिले विभिन्न माग राख्दै पर्साकाे छिपहरमाई गाउँपालिकामा ज्ञापन पत्र बुझाएकाे छ । संघर्ष समितिले २६ बुंदे माग राख्दै गाउँपालिकाकाे कार्यालयमा ज्ञापन पत्र बुझाएकाे हाे ।

हेर्नुहोस संघर्ष समितिले ज्ञापन पत्र मार्फत मागपत्रको पूर्णपाठ

१. आ.व. २०७५ साल देखि २०८१ साल मंसिर मसान्त सम्म सौर्य सिचाई प्रणाली योजना कहाँ कहाँ हालेको छ. त्यसको Location ठेगाना, Detail Estimate, लाभग्राहीको विवरण बुझेको भरपाई सहित माँग भए भने त्यसको निवेदन छनौट तथा समझौताको प्रक्रिया सम्झौता गरेको संस्थाहरुको नाम, मिति, रकम संचालकको नाम र ठेगाना उल्लेखित विवरण, प्रगति विवरणको प्रमाणित प्रतिलिपी।

२. आ.व. २०७५ साल देखि २०८१ साल मंसिर मसान्त सम्म आफ्नो नाउँमा गा.पा. अध्यक्षले जिन्सी सामग्रीहरु पेश्की तथा भुक्तानी के कति बुझेको छ कि, छेन त्यसको प्रमाणित प्रतिलिपी ।

३. आ.ब. २०७५ देखि २०८१ साल मंसिर मसान्त सम्म कुन नेपाल सरकारको ऐन तथा कानून बमोजिम गा.पा. अध्यक्षलाई अधिकार दिएको छ कि ईन्धनको कुपन काटन आफ्‌नो हस्ताक्षरले र त्यसको भुक्तानी गा.पा. ले तिर्ने, तथा आ.ब. २०७५ देखि २०८१ साल मंसिर मसान्त सम्म गा.पा. अध्यक्षको हस्ताक्षरले कती ईन्धनको भुक्तानी भएको छ त्यसको सम्पूर्ण प्रमाणित प्रतिलिपी ।

४. छिपहरमाई गाँउपालिका द्वारा संचालित कन्यादान योजना अन्तर्गतका २०७५ देखि २०८१ साल मंसिर मसान्त सम्म सम्पूर्ण लागग्राहीको नामावली, बुवाको नाम, ठेगाना र उमेर सहितको विवरण प्रमाणित प्रतिलिपी ।

५. आ.व. २०८०/०८१ र ०८१/०८२ को मंसिर मसान्त सम्म पालिकको सामाजिक विकाश शाखाबाट हुने तालिम तथा विभिन्न किसिम कार्यक्रमहरु हाल सम्म सम्पन्न तथा सम्भौता भएको कार्यक्रमहरुको माग, निवेदन छनौट तथा सझौताको प्रक्रिया सम्झौता गरेको संस्थाहरुको नाम, मिति, रकम, संचालकको नाम र ठेगाना उल्लेखित विवरण, प्रगति विवरणको प्रमाणित प्रतिलिपी ।

६. आ.व. २०८०/०८१ र ०८१/०८२ को मंसिर मसान्त सम्म पालिकामा खरिद गरिएको सम्पूर्ण सरसामानको मुल्य उल्लेखित विवरण र खरिद गरिएको प्रक्रियाको आवस्यक कागजात ।

७. गा.पा. मा रहेको सवारी साधन प्रयोग गरको व्यक्तीको LISENCE कामको आधारमा दिएको प्रतिवेदन तथा (चालु, ठप्प र हाल सम्म मर्मत) को विवरण ।

८. २०७८/०७९ र ०८१/०८२ को मंसिर मसान्त सम्म ईन्धन र सावरी साधन मर्मतमा खर्चिएको बजेट विवरण ।

९. यस गा.पा. मा रहेको दरबन्दीमा (दरबन्दी बाहेकका) र हाल कार्यरत रहेको कर्मचारीहरु (स्थाई, अस्थाई, करार र दैनिक ज्यालादारी) नाम र ठेगाना सहितको विवरण ।

१०. जनप्रतिनिधीलाई उपलब्ध गरिएको सवारी साधन (सवारी नम्बर र जनप्रतिनिधीको नाम उल्लेखित विवरण सवारी फिर्ता भएको सो को विवरण ।

११. यस आ.व. २०८०/०८१ र ०८१/०८२को रातो किताब अनुसार तथा विना रातो किताब अनुसार हाल सम्म खचिएको कुल बजेट (योजनाको शिर्षक अनुसार) को विवरण ।

१२. आ.व. २०७५ देखि २०८२ साल मंसिर मसान्त सम्म यस गा.पा. मा ईलेक्ट्रिक होडिङ्ग बोर्ड कती पटक नयाँ किनेको छ त्यसको मर्मत किन भएन, भए पनि त्यो कहाँ छ र त्यो कुन कुन मितिमा किनेको छ त्यसको जेंसीमा दाखिला छ कि छैन त्यसको विवरणको प्रमाणित प्रतिलिपी ।

१३. वडा नं. ४ मा निर्माण भइरहेको बर्थिङ्ग सेन्टरको प्राविधिक स्टिमेट, टेन्डरको प्रक्रिया फर्म संचालको विवरण सहितको प्रमाणित प्रतिलिपी ।

१४. आ.व. २०८१/०८२ मा मंसिर मसान्त सम्म सौर्य सिचाई प्रणाली जडानको कुन कुन टेन्डर भएको छ त्यसको सम्पूर्ण विवरणको प्रतिलिपी ।

१५. छिपहरमाई गाँउपालिका द्वारा संचालित छोरी बिमा अन्तर्गतका २०७५ देखि २०८१ साल मंसिर मसान्त सम्म सम्पूर्ण लागग्राहीको नामावली, बुवाको नाम, ठेगाना र उमेर सहितको विवरण प्रमाणित प्रतिलिपी ।

१६. आर्थिक वर्ष २०७४/०७५ देखि ०८१/०८२ मंसिर मसान्त सम्म समुदायिक विधालयमा न्युक्ती भएको निजी शिक्षकको विवरण, न्युक्ती मिति, अध्यापन गरेको विधालयको नाम, तलबमा भएको खर्च, विधालय वा पालिका मध्ये कसले न्युक्ती गरेको छ र तलब प्रदान गरेको छ सम्बन्धित कागजातको सम्पूर्ण प्रमाणीत प्रतिलिपी ।

१७. आर्थिक वर्ष २०७४/०७५ देखि ०८१/०८२ मंसिर मसान्त सम्म प्रधानमन्त्री कृषि परियोजना ईकाइ अन्तर्गत संचालित पकेट क्षेत्र संचालनका लागि पालिका र संघसंस्था र व्यक्ती विच भएको समझौता र लागत र खर्च संग सम्बन्धित कागजातको प्रमाणीत प्रतिलिपी ।

१८. आ. व. २०८१/०८२ को योजना रेड बूक उपलब्ध गराइयोश ।

१९. आ.व. २०८१/०८२ को सबै आयोजना रद्द गरि जनताको आवस्यकता अनुसारको जनताको सामु आयोजन तयार गरियोस् ।

२०. जति पनि गैर कानुनि तरिका बाट करार कर्मचारी नियुक्त गरिएका छ। त्यो सबै हटाएर प्रतिस्पर्धाको आधारमा नियुक्ति गरोयोश ।

२१. गाउँपालिकाबाट हुने vacany/आयोजना information लगायतको सम्पुर्ण कुरा गाउँपालिकाको वेबसाईटमा अपलोड गर्नुपर्यो ।

२२. आ.व. २०७७ देखि २०८१ मन्सिर मसान्तसम्म गाउँपालिकामा रहेको सबै बर्थिङ सेन्टरमा कति जना शिशु जन्मिएका छन तिनिहरुले पाएको सेवा सुबिधाहरु को सम्पुर्ण विवरण ।

२३. गाउँपालिकाबाट अहिले सम्म कति वटा ac जडान भएका छ र कुन कुन ठाउमा जडान भएको छ, त्यस्को बिबरण उपलब्ध गराइयोश ।

२४. गाउँपालिकाबाट प्रत्येक जनप्रतिनिधिहरुले लिइरहेका सेवा सुबिधा सम्बन्धि जानकारि ।

२५. आ. व. २०७७ देखि २०८१ मंसिर मसान्तसम्म प्रधानमन्त्री रोजगार योजना कार्यक्रम अन्तर्गत के के भएको छ त्यस्को सम्पुर्ण प्रमाणित प्रतिलिपी ।

२६. सडकमा लगाएका अनावश्यक पार्किङ हटाउनुपर्ने माग गरिएको छ ।

पुस १४ गते भित्र माग पुरा गर्न अल्टिमेटम दिँदै माग पुरा नभए १४ गते आइतबारदेखि चरणवद्ध आन्दोलन गर्ने संघर्ष समितिले चेतावनी समेत दिएकाे छ । संघर्ष समितिले आइतबार १४ पुससम्म गाउँपालिकालाई थप समय दिँदै तोकिएको समय सीमाभित्र माग पुरानभए चरणबद्ध आन्दोलनको घोषणा समेत गरेकाे छ।

गाउँपालिकाले माग पुरा नगरे संघर्ष समितिले १४ र १५ गते हातमा कालोपट्टी बाँधी पालिका अगाडि २ घन्टा धर्ना बस्ने, १६ गतेदेखि बिहान १० बजेदेखि २ घन्टा धर्ना बस्ने चेतावनी दिएका छन् ।

यसैगरी १८ पुसदेखि दैनिक १-१ घन्टा धर्नाको अवधि बढाउँदै २१ गते बिहान १० बजे देखि ६ घन्टा धर्ना दिने कार्यक्रम उनीहरुले घोषणा गरेका छन्।

बसी २१ गतेसम्म क्रमश: १–१ घन्टा धर्नाको अवधि थप्दै जाने लगायतका आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । यस अवधिमा समेत माग सम्बोधन नभए २२ गते देखि आफूहरु हिंसात्मक आन्दोलन गर्न बाध्य हुने तथा त्यसबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवारी गाउँपालिकाले लिनुपर्ने विषय अवगत गराउँदै संघर्ष समितिले चेतावनी दिएको छ ।

संवैधानिक व्यवस्था अनुसार सूचनाको हक प्रयोग गरि आफूहरुले पटक पटक लिखित रूपमा सूचना मांग गरेको तर अनियमितता ढाकछोप गर्ने मनसायले अटेरी गर्दै हाम्रा मांग तथा सूचना लुकाउदै आएको छिपहरमाई संघर्ष समितिले २६ बुँदे माग राख्दै गाउँपालिकाको कार्यालयमा पुगेर निमित्त प्रमुख प्रशासकिय अधिकृत सनिकुमार लाई ज्ञापन पत्र बुझाएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज