छिपहरमाईमा शिक्षकहरुको गुडागर्दी, शिक्षा शाखा प्रमुखमाथि कुटपिट



वीरगंज – १० पुस । पर्साको छिपहरमाई गाउँपालिकाका शिक्षा शाखा प्रमुखमाथि कालोमोसो छ्यापेर कुटपिट भएको घटना बाहिरीएको छ ।

छिपहरमाईका केही प्रधानाध्यापक र शिक्षकहरुले गाउँपालिकाको शिक्षा शाखा प्रमुख मेघराज रौनियारलाई आफ्नै कार्यकक्षमा काम गरिरहेको समयमा मंगलबार दिउँसो २ बजेतिर सर्ट च्यातेर शरीरभित्र निलोमसी हालेर हातपात, गालीगलौ, मानहानी गरेको पीडितले प्रहरीमा उजुरी दिएका छन्।

शिक्षकको भेषमा गुडागर्दी शैलीमा मेरो कार्यकक्षमा बिना कुनै काम प्रवेश गरेका शिक्षकहरुले नगद रु. १० हजार, १ तोलाको सुनको सिकडी एक थान, आधा तोलाको सुनको औँठी एक थान गरि कुल जम्मा दुई लाख पचास हजार वराबरको रुपैयाँ गरगहना लूटेको लगेको उजुरीमा उल्लेख रहेको प्रहरीले जनाएको छ।

शिक्षा शाखा प्रमुख रौनियारले शिक्षक प्रभु गिरि, सुरेश साह कानु, ईम्तियाज मिया, चित्रबिक्रम साह,सत्रुधन साह, अवधेश दास तत्वा, पनालाल साह सहित ८ जनामाथी निवेदन दिएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय, पोखरिया पर्सामा उजुरी दिँदै उनले घटनामा सन्लग्न शिक्षकहरुलाई कडा कारबाही गर्न माग गरेका छन् ।

यता घटनामा सन्लगन प्रधानाध्यापक प्रभु गिरि संग बुझ्दा कुटपिट भएको स्वीकार गरे, उनले पहिला अस्विकार गरे पनि पछि आफ्नो भाषामा हाल्काफुल्का हातपात भएको स्वीकार गरे । मेयर साहेब र अधिकृत साहेबले बिधालय संचालनको पैसा दिन निर्देशन दिइ सक्नु भएको छ , अहिले सम्म बिधालय संचालनको पैसा आएको छैन , तलब पनि आएको छैन, एउटा खली किन्न पनि पैसा छैन , बिधालय बन्द हुन अवस्थामा छ । शिक्षा शाखा प्रमुख रौनियारले खाजा चलाउनमा पनि घुस मागिरहेको आरोप प्रधानाध्यापक प्रभु गिरिले लगाए ।

यस्तै, गाउँपालिका शिक्षा शाखा प्रमुख रौनियारसंग बुझ्दा शिक्षकहरुले गुडागर्दी गर्न खोजेका छन , स्कुलमा गए नगए पढाए नपढाए नखोज्नु , गाउँपालिकाबाट पैसा आएकोबाट हामी समाग्री किने नकिने पनि नखोज्नु मनसाय उनिहरुको रहेको गाउँपालिका शिक्षा शाखा प्रमुख रौनियारले बताए।

यस घटनाको विषयमा ईलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक स्वरुप शर्मासंग बुझ्दा हामी कहाँ निवेदन आएको छ, छानबिन भइरहेको छ, घटना सन्लग्न सबैलाई उपस्थित गराउन प्रहरी चौकी भिस्वालाई निर्देशन दिएको छु प्रहरी निरीक्षक शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धर्मेन्द्र प्र. यादव

लेखकको बारेमा

धर्मेन्द्र प्र. यादव

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज





थप खबर